आज :

कर छली बढेपछि भजनीमा प्रहरी र भन्सार कार्यालय स्थापना गर्न माग

कैलाली । भजनी नगरपालिका-३ का बासिन्दाले प्रहरी र भन्सार कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

द्वन्द्वकालमा कतिपय सरकारी कार्यालयहरु विस्थापित भएपछि भन्सार छलीका घटना बढ्दै गएको र सुरक्षा चुनौतीसमेत बढेपछि स्थानीयले प्रहरी र भन्सार कार्यालय स्थापनाको माग गरेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र भन्सार कार्यालयको टिमले स्थलगत अनुगमन गरेपछि भजनी नगरपालिका-३ कुसुमघाटका स्थानीयले छोटी भन्सार कार्यालय स्थापना र सुरक्षा निकायको उपस्थितिका लागि माग गरे ।

नेपाल भारतको सीमा नजिक रहेको बस्तीमा भारतमा रहेको तिकुनीया बजारबाट सयौंले सामान ढुवानी गर्छन् तर भन्सार कार्यालय नहुँदा राजस्व तिर्छु भन्दा पनि नपाउने अवस्था रहेको गुनासो छ ।

भन्सार तिर्नु नपर्दा तस्कर र व्यापारीहरुले अवैध सामान तस्करीको धन्दा चलाइरहेका छन् । जसका कारण राजस्व छलीले पश्रय पाएको छ भने सुरक्षा अवस्थामा पनि चुनौती थपिएको छ ।

छोटी भन्सार कार्यालय स्थापना गर्दा राजस्व चुहावट नहुने र चोरी निकासी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

कैलाली भन्सार कार्यालयका प्रमुख ईश्वरी अर्यालले भन्सार विभागसँग परामर्श गरी कार्यालय स्थापनाका लागि पहल गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख बाबुराम श्रेष्ठले स्थानीयवासीको सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal