आज :

तरुण दलका महासचिव भन्छन्- विखण्डनकारी सीकेलाई स्वागत गर्ने केपी-प्रचण्डभन्दा विप्लव ठिक

काठमाडौँ । सरकारले मधेसलाई अगल गराउने अभियान संचालन गरेको सिके राउतसँग ११ बुँदे सहमति गरेपछि चौतर्फी विरोध भइरहेको छ । अदालतबाट सफाय दिन लगाएर सरकारले राउतसँग सहमति गरे भन्दै सामाजिक संजलामा पनि आलोचना भइरहेको छ ।

यसैबीच नेपाल तरुण दलका महासचिव भुपेन्दजंग शाहीले सिके राउत विखण्डनकारी भएको बताउँदै फुलमाला लगाएर सरकारले गल्ती गरेको बताएका छन् । उनले राउतलाई कारवाही गर्नुको साटो अदालतमा सफाय दिन लगाएर सम्मान गरेको बताए ।
शाहीले सिके राउतलाई कारवाही गर्नुको साटो सरकारले सम्मान गर्नु दुखःद् भएको बताएका छन् । देश टुक्रयाउछु भन्नेलाई स्वागत होइन जेल पठाउनु पर्ने उनको तर्क छ ।

“बिखण्डनकारी सिके रावतलाई सरकारले कार्बाही साटो उल्टै सम्मान गर्नु दुःखदु बिषय हो । देस टुक्रर्याउछु भन्नेलाई फुलमाला लगाएर स्वागत गर्ने होइन जेल पठाउनु पर्छ” शाहीले भने । उनले नेपाललाई विभाजन गर्छु भन्नेलाई स्वागत गर्ने तर राजनीति एजेण्डा बोकेका विप्लवमाथि दमन गर्नु सरकारको मूखर्ता भएको बताए ।

केपी, प्रचण्ड र सिके एउटै भएको भन्दै बरु विप्लवल नै ठिक भएको भन्दै शाहीले अगाडि भने, “नेपाललाई बिभाजन गर्छु भनेर लागेका सिकेलाई सम्मान गरेर बिप्लवलाई अपमान गर्नु सरकारको मुर्खता हो । केपी, पिके र सीके भन्दै बरु विप्लव नै ठिक हुन् ।”

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पनि यो विवाद फैलिदै गएको छ । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठ र नेता भीम रावलले शुक्रबार विहान सचिवालय बैठकमै असहति जनाएका थिए । खासगरी सिकेसँग गरिएका ११ बुँदाप्रति सत्तारुढ दलभित्रै विरोध भएको हो । नेता रावलले सामाजिक संजालमा नै त्यसको आलोचना गरेका छन् ।

सहमतिमा हस्ताक्षरपछि उता सिके राउतले मधेसमा जनमत संग्रह गराउन सरकार तयार भएको बताएका छन् । उनले जनमत संग्रहमा सहमत हुँदै सबै मुद्दा फिर्ता लिन सरकार तयार भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal