आज :

जनयुद्धका सहिद-वेपत्ता र घाइतेका सपना एकीकृत जनक्रान्तिमा पूरा हुन्छन्ः विप्लव

काठमाडौँ । नेपाल कम्युिनस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धका सहिद-वेपत्ता र घाइते योद्धाका सपना एकीकृत जनक्रान्तिमा पूरा गर्ने बताएका छन् । सहिद सप्ताहका अवसरमा सन्देश दिँदै विप्लवले महान् जनयद्धुका सहिद, बेपत्ता र घाइते योद्धाहरूको त्याग त्यही आदर्श र सपनासँग जोडिएको बताए ।

फागनु १४ गतेबाट सरुु भई २१ गते पार्टीले देशव्यापी रुपमा सहिद सप्ताहको रुपमा मनाउने निर्देशन दिँदै विप्लवले सहिद, बेपत्ता र घाइतेहरूका सपनासँगै उक्त आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने बताए । उनले सहिद, बेपत्ता र घाइते योद्धाका र परिवारसँग कहिल्यै नटटुने हातेमालो गर्दै वैज्ञानिक समाजवाद साम्यवादतिर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेकपाले देशव्यापी सङ्गठन सदुृढीकरण तथा विस्तार अभियानमा रहेको नेकपाले अभियानकै अवधिमा सहिद सप्ताह मनाइ रहेको छ ।  फागनु १४ गते जनयद्धुका प्रथम सहिद दिलबहादरु रम्तेलको हत्या भएको दिनबाट सुरु हुने सहिद सप्ताह झापाको सखुानी हत्याकाण्ड भएको फागनु २१ गतेसम्मलाई तत्कालिन नेकपा (माओवादी)ले जनयुद्ध बेलादेखि सहिद सप्ताहको ‍रुपमा विविध कार्यक्रम गरी मनाउन सुरु गरेको थियो ।

गोरखा पन्द्रङका रम्तेल प्रहरीले विद्यालयका शिक्षकलाई गिरफ्तार गरेपछि शिक्षकलाई छटुाउन धर्नामा सहभागी भएका थिए । जनयद्धु घोषणा भएको २ सातापछि रम्तेलको हत्या गरिएको थियो । त्यसैले तत्कालीन नेकपा (माओवादी) ले दिलबहादरुलाई त्यतिबेलै पथ्रम सहिद घोषणा गरेको थियो ।

गोरखाको तत्कालीन देउराली वडा नं. ३ जराङअबस्थीका दिलबहादुर बाबुसेते रम्तेल र आमा सरीमाया रम्तेलका सान्तानका रूपमा २०४२ सालमा जन्मिएका थिए । रम्तेलको हत्या गरेको भोलिपल्ट १५ गते पह्ररीले रुकमुको मेलगैरीमा ६ जनाको हत्या गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal