आज :

नेकपाका जिल्ला इन्चार्ज देवकुमार गिरफ्तार, हतियारको समाचार झुट र प्रायोजितः पुस्कर

इटहरी । नेपाल कम्युनिस्ट पार्टीका मोरङ–धनकुटा संयुक्त जिल्ला इन्चार्ज देवकुमार लिम्बू ‘संगीत’लाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रदेश नम्बर १ को संघीय इकाई प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले बुधबार दिउँसो इन्चार्ज संगीतलाई सुनसरीको धरानस्थित पानमाराबाट गिरफ्तार गरेको नेकपाले कोशी ब्युरोले जनाएको छ ।

ब्यूरो संयोजक पुष्करले बुधबारै प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको शान्तिपूर्ण काममा रहेका बेला संगीतलाई प्रहरीले गिरफ्तार गरेको बताएका छन् । उनले प्रहरीले गलत र झुट समाचार प्रयोजित रुपमा सम्प्रेशण गरेको दाबी गरेका छन् ।

संयोजक पुष्करले पार्टीका ब्यूरो सदस्य समेत रहेका नेता लिम्बूलाई अपहरणशैलीमा प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रहरीले संगीतलाई झुठा अभियोग लगाएको भन्दै ब्युरो संयोजक पुष्करले निन्दा समेत गरेका छन् । प्रहरीले अत्याधुनिक हतियारसहित गिरफ्तार गरेको दाबी गरिहरेको बेला पुष्करले भने प्रहरीले झुट र प्रयाजित समाचार सम्प्रेशण गरेको बताएका छन् । उनले सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यका साथ झुटा हल्ला गरिरहेको बताए ।

“संगठनात्मक काममा हिँडिरहेको बेला फागुन १५ गते अपरान्ह धनकुटा–मोरङ संयुक्त जिल्ला समितिका ईन्चार्ज तथा कोशी ब्यूरो सदस्य क. देवकुमार लिम्बू ‘संगित’लाई पानमारा सुनसरीबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । उहाँलाई फसाउने षड्यन्त्र र मनसायले प्रहरी प्रसासनले प्रायोजित समाचार संप्रेसण गरिरहेको छ । यसप्रकारको षड्यन्त्र र गिरफ्तारीको निन्दा र भत्सर्ना गर्दछौं” पुष्करद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले प्रहरीले लगाएको आरोप झुट भएको समेत बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal