आज :

नेकपाको अभियान टोली प्रमुख चन्द अछामबाट गिरफ्तार, नुहाँउदै गर्दा अभियान टोलीलाई घेराउ

अछाम । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्दलाई शनिबार विहान अछामबाट प्रहरीले गिरफ्तार गरेको हो ।

नेकपाले संचालन गरेको दुई महिने अभियानको क्रममा टोलीको नेतृत्व गर्दै अछाम पुगेकी चन्दलाई नुहाउँदै गरेको अवस्थामा प्रहरीले घेरा हालेर गिरफ्तार गरेको अभियान टोली सदस्य लालबहादुर बिसीले जानकारी दिए ।

बिसीका अनुसार पुल्लेतोला, लयटी-तोलीको बीच दोगाडेबाट चन्दलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय विनायक लगिएको छ ।

अभियानको क्रममा पुल्लेतोलाबाट फर्केर बिनयायक अाउँदै गर्दा चन्दसहितका अभियान टोलीलाई प्रहरीले घेराउ गरेको थियो । बिसीसहित अन्य अभियानकर्मी भाग्न सफल भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal