६ फागुन, काठमाडौं । अधुरो प्रतिवेदन बनाएको भन्दै नेकपाको सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने भएको छ ।
आज (सोमबार) वसेको सचिवालय बैठकले कार्यदलसंगै बैठक बस्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी ९ गते कार्यदलसँग वसेर छलफल गर्ने निर्णय भएको बताए ।
उनले भने,‘त्यो दिन कार्यदलका सबै सदस्य बैठकमा सहभागी हुनुहुन्छ ।’ कार्यदलले यो बीचमा धेरै विषयमा काम गर्न नसकेका कारण एकता प्रकृया अलमल भएको छ ।