आज :

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

  • अनलाइन डबली

काठमाडौं। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको छ।

बिहीबार ताहाचलस्थित केन्द्रको परिसरमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिद्धय सुदन मानन्धर र समीर क्षेत्रीले छनोट भएका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरेका हुन्।

सो अवसरमा बोल्दै निर्देशक ढकालले बिद्यार्थीहरुका जिज्ञासा मेटाउँदै ग्याँस भन्दा इन्डक्सन चुलो करिब ३२ देखि ४० प्रतिशतसम्म कम खर्च लाग्ने बताए । निर्देशक ढकालले चुलो प्राप्त गरेका बिद्यार्थीलाई बधाई समेत दिएका थिए ।

ग्यास अभावको समयमा उपत्यका बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई राहत पु¥याउने उद्देश्यले केन्द्रले इन्डक्सन चुलो वितरणका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये २४७ विद्यार्थी छनोट भएका छन्।

तीमध्ये बिहीबार ५१ विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरिएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बाँकी विद्यार्थीले असोज २३ र २६ गते ताहाचलस्थित कार्यालयमा उपस्थित भएर चुलो लिन सक्नेछन्।

चुलो लिन विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्र, लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुलेको सरकारी निकायको सिफारिस, अध्ययनरत शैक्षिक संस्थाको सिफारिस पत्र, विद्यार्थी परिचयपत्र तथा स्वघोषणा फारामको सक्कल र स्वप्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ। केन्द्रका अनुसार असोज २३ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र असोज २६ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चुलो वितरण हुनेछ। तोकिएको मितिमा उपस्थित नहुने स्वीकृत नामावलीका विद्यार्थीको आवेदन स्वतः खारेज हुने केन्द्रले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal