काठमाडौँ । बाढी पीडितको राहत लागि ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार सहयोग गरेको छ ।
ग्रुपका प्रमुख सालिकराम भण्डारीले आफूहरुले गरेको रहातको सहि सदुपयोग हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
भण्डारीले भोटेकोशी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत पुर्याउन र उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आफूहरुले थोरै भएपनि टेवा पुर्याउने प्रयास गरेको हरेका नागरिकले सरकारसँग ऐक्यबद्धता जनाउनु पर्ने सुझाव पनि दिए ।


अनलाइन डबली



