काठमाडौं । राष्ट्रिय जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोन नगरे आयल निगभ घेराउ गर्ने चेतावनी दिए । “जनतालई पुरानाहरुको जन्जालबाट मुक्त गर्छु भन्ने नयाँहरुले जनतालाई महाँगिको भारले थिच्ने, दुई तिहाईको उपहारले यही हो” सिंहले प्रश्न गरे । “यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौं ।” सिंहले चेतावनी दिए ।
सह–सम्योजक अजय सोडारीले छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावथ भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाएका छन् । “छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ हुँदा नेपालमा २ सय १९ हुनु लाजमर्दो विषय हो” सोडारीले भने ।
५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै सोडारीले भने,“कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस ।”
दुई तिहाइको सरकारले जनतालाई न्याय देलान् भन्ने अपेक्षाकाबीच पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले भने,“पेट्रोलको प्रतिलिटर –१५७ बाट २१९ गाएको छ, डिजेल÷मटितेलमा १४२ बाट २३७ पुगाएर सरकारले आफनो सक्ति देखाइदियो ।”
सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्त गर्दै सोडारी भन्छन्,“महँगी बढेको बडेई छ, मानौ यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन ।”
परराष्ट्र र कुटनीति खलवलिदै गएको, कालापानि लिपुलेखको भुमि अरु देशले नै प्रयोग गर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश व्यक्त गरे ।

“हामि लास र दाष होइनौं, हाम्रो विवेक छ, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अपहरण सैह्य छैन, जनजीविका र जनताका आधारभूत समस्यामा हामी एक दिन त के, एक घण्टा पनि कुर्न तयार छैनौँ” सोडारीले भने ।
जेनजी प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकार सिंहदरबारमा सर्बसाधारणलाई निशेध गरिएको भन्दै तानाशाही कदमतिर उद्धत आरोप लगाए ।
जेनजी जनम सिंहले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
जेनजी सुसिल बुढाथोकीले इन्धनको मूल्यलाई स्थिर नराखे सबैतिर महँगी आकशिने भएकाले तत्काल मूल्य घटाउनुपर्ने बताए ।
जेनजी अनिष त्रिपाठीले पेट्रोलियम पदार्थको अस्वभाविक मूल्य वृद्धिले दुई तिहाईको बालेन सरकारले जनताको आशा र भरोषामाथि कुठाराघात गरेको जिकिर गरे ।


अनलाइन डबली



