आज :

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

  • अनलाइन डबली


काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइ सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार दुवै फिल्म बक्स अफिसमा कमजोर देखिएका छन् ।

सुदीप्ता निर्देशित ‘रमिताको पिरती’ ले पछिल्लो शनिबार (फागुन २) सम्म १९ लाख ४३ हजार ५८८ रूपैयाँ ग्रस कमाइ गरेको छ । उक्त कमाइ हुँदा फिल्मको ५ हजार ९३७ वटा टिकट बिक्री भएको उल्लेख छ ।

यसैगरी दिनेश राउत निर्देशित ‘कुमारी’ ले पछिल्लो शनिबार (फागुन २) सम्म सिनेपाः बक्सअफिसमा ५६ लाख २११ रूपैयाँ ग्रस कमाइ गरेको छ । यो अवधिमा फिल्मको १७ हजार २५ वटा टिकट बिक्री भएका छन् ।

यी दुवै फिल्म भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै एकसाथ रिलिज भएका थिए । फिल्मले प्रेम र भावनाको फरक–फरक आयाम प्रस्तुत गर्छन् । ‘रमिताको पिरती’ को मुख्य भूमिकामा अभिनेत्री आना शर्मा छिन् । साथमा धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ ।

त्यस्तै, ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्कीलगायतको समेत अभिनय छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal