आज :

फिल्म ‘परिवर्तन’ आजबाट लाग्याे हलमा

  • अनलाइन डबली

——————

काठमाडौं । नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर फिल्म ‘परिवर्तन’ आजबाट हलमा लागेको छ । यो शुक्रबार एक मात्रै नेपाली फिल्म हलमा लागेको हो । विजय केरुङको निर्देशनमा एक्सन जनरामा बनेको यो फिल्मले पहिलो दिनका लागि ११० भन्दा बढी शो पाएको छ ।

फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् । यससँगै हलमा प्रदर्शनरत नेपाली फिल्मको संख्या ६ पुगेको छ ।

प्रदर्शरत फिल्महरु ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ माघ १ बाट हलमा लागेका हुन् । कात्तिक १४ बाट प्रदर्शनमा आएको ‘परान’ र पुष ४ बाट आएको ‘झरीपछिको इन्द्रेणी’ हलमै लागिरहेका छन् । त्यस्तै हलिउड फिल्म ‘मर्सी’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो हलिउड स्टार प्रयाट स्टारर एक्सन थ्रिलर फिल्म हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal