आज :

लकस नेपालको ५ औं अधिवेशन तथा १४ बार्षिक सभाले सुरजवीरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन

  • अनलाइन डबली

काठमाडौँ  । लकस नेपालको ५ औं अधिवेशन तथा १४ बार्षिक सभाले सुरजवीर बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ज्ञानीशोभा महर्जन, सचिव धर्मकृष्ण सिकर्मी, कोषाध्यक्ष रश्मिला शाक्य, सदस्यहरुमा रमा तुलाधर बज्राचार्य, सुरेन्द्रमान शाक्य (शाक्य सुरेन), राज्यलक्ष्मी बज्राचार्य, कुमारी तण्डुकार, झवेन्द्रप्रकाश भट्टराई रहनु भएको छ । संस्थाका कानूनी सल्लाहकार तथा निर्वाचन कमिटी संयोजक किरण शाक्यले नवगठित कार्यसमितिलाई शपथ ग्रहण गराउनुभएको छ ।
यस अघि अध्यक्ष सुशिला शाक्यको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन समारोमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सगरमाथा सामुदायिक सिकाई केन्द्र तल्लो तल्लुका अध्यक्ष रामबहादुर के.सी.लाई लकस नेपाल बर्ष ब्यक्तित्व २०८२ बाट सम्मानित गर्नुभएको थियो भने श्री नवजागरण युवा क्लब, पहाडे थापागाउँ र फर्सिडोल टोल विकास संस्थालाई संस्थागत सम्मान गर्नुभएको थियो । लकस नेपालले अमेरिकी संस्था आउटरिच इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत रहेका कार्यक्षेत्रहरुबाट प्रक्रियागत रुपमा छनौट गरी लकस नेपाल बर्ष ब्यक्तित्व सम्मान प्रदान गरेको हो । पहिलो पल्ट यो सम्मान सिखर्पाका गणेशबहादुर नगरकोटीलाई प्रदान गरिएको थियो ।
संस्थाले सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत पहाडे थापागाउँ, सिखर्पा र कोञ्ज्योसोम गाउँपालिकाको तल्लो नल्लुका कार्यक्रम समापन गरिसकेको छ भने हाल गोदावरी नगरपालिका वडा ४ बडिखेलमा ठूलो खोला आमा समूह, वनदेवी टोल विकास संस्था, वडा नं. ६ लप्सेमा लप्से टोल विकास संस्था, वडा ९ इताहिटीमा इताहिटी टोल विकास संस्था, बागमती गाउँपालिका वडा ३ भट्टेडाँडामा सातकन्या सामुदायिक समूह, ललितपुर महानगरपालिका २२ वडा फर्सिडोलमा फर्सिडोल टोल विकास संस्था लगायतका समूहहरुको सहभागितामा कार्यक्रम निरन्तर छ साथै कल्चरल सर्भाइभरको किपर्स अफ द अर्थ फण्डको सहयोगमा नेपालभाषा तथा लिपि प्रवर्द्धन परियोजना संचालनमा रहेको छ । यस परियोजना अन्तर्गत नेपालभाषा, प्रचलित नेपाल लिपि र रञ्जना लिपि कक्षा संचालन भइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal