काठमाडौं । अखिल(क्रान्तिकारी)का पूर्व–सचिव पदम नेपालीलाई पितृ शोक परेको छ । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका १ निवासी बुबा खुइते नेपालीको आईतबार राति काठमाडौं स्थित वीर अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।
परिवार स्रोतका अनुसार लामो समयदेखि अर्बुद रोग(क्यान्सर)बाट ग्रसित नेपालीलाई करिब एक महिनासम्म वीर अस्पतालमा उपचार गरिएको र सो क्रममा गयराती बुबाको देहान्त भएकोे पदम नेपालीले बताए । दिवंगत बुबाको पार्थिव शरीरलाई आईतबार राति नै महाराजगञ्ज स्थित टिचिङ(शिक्षण) अस्पतालको सवगृहमा लगिएको थियो ।
सोमबार विहान १०ः३० बजेसम्म आफन्तजन तथा शुभचिन्तकहरुले टिचिङ अस्पतालमा पुगेर श्रद्धाञ्जली दिएपछि ११ः०० बजे पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिएको थियो ।


अनलाइन डबली





