काठमाडौं । जेनजी आन्दोलनबाट सत्ताच्युत भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पहिलो भेटवार्ता भएको छ ।
शुक्रबार ओली देउवालाई भेट्न महाराजगञ्जस्थित उनकै भाडाको निवासमा पुगेका थिए ।
ओलीको सचिवालयका अनुसार आज दिउँसो साढे ३ बजे ओली महाराजगञ्ज पुगेका थिए ।
भेटमा वर्तमान सरकार, चुनावलगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
जेनजी आन्दोलनकाे क्रममा निवास जलेपछि देउवा महाराजगञ्जमा भाडाकाे घरमा बस्दै आएका छन् ।


अनलाइन डबली




