आज :

‘शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने

  • अनलाइन डबली

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने भएको छ ।

हिमाली भू–भागमा बसोबास गर्दै आएका शेर्पा समुदायको जीवन र सांस्कृतिकलाई देखाउने चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने भएको हो ।

शेर्पा फिल्म्सको प्रस्तुति र ८ के एक्सपेडिसनको सहकार्यमा निर्माण भइरहेको यो चलचित्र कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्तरुपमा निर्देशन गर्दैछन् ।

शेर्पा समुदायको जनजीवनलाई भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गरिने यस चलचित्रको पटकथा सुमन गजमेरले लेखेको हुन् भने छायांकनमा रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई रहेको निर्माण टिमले जनाएको छ ।

चर्चित कलाकार बुद्धि तामाङलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरिसकिएको छ । निर्देशकद्वयका अनुसार तामाङको अभिनयले कथालाई गहिरो प्रभाव दिने अपेक्षा गरिएको छ ।

चलचित्रका अन्य पात्रहरू खुला अडिसन र कास्टिङ कलमार्फत छनोट गरिने छन् । यसबाट हिमाली समुदायको वास्तविक प्रतिनिधित्व र नयाँ कलाकारको उदयलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको निर्माण पक्षको भनाइ छ ।

चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी गराउने योजना समेत रहेको जानकारी दिइएको छ। ‘शेर्वा–द लाइफ अफ हिमालय’ नेपाली सिनेमा इतिहासमा हिमाली कथावाचनको नयाँ अध्यायको रूपमा हेरिँदैछ ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal