तस्बिर :खगेन्द्र भट्टराई
सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन्। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो। त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।