आज :

गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं। गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । गोर्खा प्रोमोसन्सको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपाल र भारतका बक्सरहरूले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार सम्पन्न खेलहरूमा रामेछापका विवेक मगरले चितवनका आयुष अधिकारीलाई सर्वसम्मत निर्णयबाट पराजित गरे ।

हेटौँडाका सोहन राईले पनि गुल्मीका रविन केसीमाथि सर्वसम्मत (युनानिमस) निर्णयबाट जित आफ्नो पक्षमा पारे।

प्युठानका मिलन सार्कीले भारतीय बक्सर साहिल चौहानलाई पहिलो राउन्डको १३ सेकन्डमै नकआउट गरे । मिलनको उक्त प्रदर्शनबापत आयोजक गोर्खा प्रोमोसन्सले नगद ५० हजार रुपैयाँ बोनस प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सन्तोषबहादुर शाहले जानकारी दिए ।

यस्तै पाँचथरका फुङलाङ काम्बाङले भारत हरियाणाका लक्ष्य सुनारियालाई सर्वसम्मत (युनानिमस)निर्णयबाट हराए। गोर्खाका अर्पिल राना र भारतको शिलोङका सानबोरलाङ मारबानियाङबीचको भिडन्त भने बराबरीमा सकिएको थियो ।

६ राउन्डको अर्को प्रतिस्पर्धामा भारतीय बक्सर अंकितकुमारले नेपालका भरत चन्दलाई सर्वसम्मत (युनानिमस) निर्णयबाट पराजित गरे ।

प्रतियोगिताको आकर्षण मानिएको महिलातर्फको खेलमा नेपाली महिला बक्सर पूनम पुन मगरले भारत राजस्थानकी मेहकप्रित सिद्धुलाई पराजित गरिन् । उक्त खेलमा पूनम सर्वसम्मत (युनानिमस) निर्णयबाट विजयी भएकी थिइन् ।

नेपाली बक्सरलाई अन्तर्राष्ट्रिय बक्सरसँग प्रतिस्पर्धा र अनुभवका लागि मञ्च उपलब्ध गराउँदै उनीहरूलाई भविष्यमा विश्व च्याम्पियनसिपको स्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहले बताए ।

ठमेलस्थित क्लब नोभामा सम्पन्न प्रतियोगितामा अन्तर्राष्ट्रिय एमएमए फाइटर रवीन्द्र ढाँट आकर्षणको केन्द्र बनेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal