आज :

आँखा मार्ने मा नाजिर र प्रियङ्काको रोमान्टिक मुड

  • अनलाइन डबली

काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्ण विकको आँखा मार्ने बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

विककै शब्द सङ्गीतमा तयार भएको गीतमा महिला गायनमा मनिषा सुनारले साथ दिएकी छन् ।

एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की रोमान्टिक मुडमा देखिएका छन् ।

आँखा मार्नेबाट नै गायक तथा सङ्गीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन् । यसअघि यानीमाया, रातो टिकी, राधा पियारी हजुर मुसुक्कै लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन् ।

उनले भने, अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु ।

भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । २०५८ सालमा सुन्दर सुदूरपश्चिम हाम्रो गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal