
काठमाडौँ । आज नेवार समुदायमा प्रत्येक बर्षको श्रवण कृष्ण चतुर्दशीका दिन गथामुग: पर्व ( घण्टा कर्ण ) पर्व मनाइदै छ । काठमाडौँ , लितपुर , भक्तपुर लगाएत स्थानमा नेवार समुदायले चौबाटोमा नर्कटको बोट लाई तिन मुथ्थाको तिनखुत्ता त्रिपद बनाई थद्याइने सम्बर भैरव को प्रतिक पनि मान्ने गर्दछ । भूतलाई पन्छाउने यस पर्वलाई उपत्यकामा यस बर्ष जात्रा पर्वको सुभारम्भ स्वरूप मानिने गथेमुगल पर्वलाइ यो बर्षको कृषि कर्म सकिएको (सिनाज्या ) रुपमा पनि मनाउने परम्परा चलिआएको छ ।
यस्तो छ आख्यान-
पहिले पहिले मानिसको संख्या निकैनै कम हुने गर्दथियो । थोरै मानिस तर धेरै खेत बारी , मौसमा भरपरिकन खेती बालि समयेमै लगाउन नसकिय अनिकाल ,अन्नको हाहाकार हुने गर्दथियो । यस्को समाधानको लागि तन्त्र विद्याको सहायताले मानिस भन्दा बलिया राक्षेसलाई नियेंत्रन्मा पारि आफ्नो खेतको गार्हो कामहरु गर्न लगाऊ थियो । महिनौ महिना यसरी तन्त्र विद्याले बाधी राक्षेसलाई पाल्न गार्हो मात्र नभई ज्यानै जोखम समत पर्ने गर्दथियो ।
खेतको सम्पूर्ण ( धन रोपाई ) कृषि कर्मसकिएको समापन हुने हुदा जोखम मोल्दै पालेका राक्षेस भुत प्रेतलाई विधिवत बिदाई तथा पन्छाउने पाम्परा पर्व नै नेवार समुदायले घण्टा कर्ण ,गथेमुगल पर्व मनाउने गरेको हो ।
गठेमुग:पर्वलाई नेवार समुदायमा तन्त्र सिद्दि तथा कुविध्या सिक्ने बर्ष भरिकै सबै भन्दा उत्तम दिनको रुपमा लिने गर्दछ । मध्ये रातमा शक्ति पिठहरुमा , समसानमा गइ यस्तो साधना गर्ने प्रचलन रहेको थियो । यस्ता कुबिध्या ,भुत प्रेतको कुप्रभाब नपर्नको लागि यस दिन पलम ,पित्तल ,तामा सहित धातुको औठी धारण गर्नु पर्ने जनबिस्वास रहेको छ । चौबाटोमा नर्कको त्रिपद ठड्याईएको सम्बर भैरबको प्रतीकमा लुगाका कपडाका तुकदा बाट बनाइएका पुतली बनाएर भूतको प्रभाव र रोग ब्याधिबात मुक्त हुनको लागि बाधी झुन्द्याइञ्छ भने साँझा घर ठेगाना नभएका ब्येक्तिलाई भूतको प्रतिक मानि ” ऒम शान्ति जयेनेपल आजु दे हा ” भन्दै दिनभर थद्याइयेको नर्कटको त्रिपदमाथि राखी तान्दै घरको दुस्ट आत्मा , पन्छाउने भन्दै खोला ,दोभानमा लागि सेलाउने गर्दछ ।