आज :

आलमलाई दिएको सफाइको बिरुद्द  महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुनरावेदन गर्ने

  • अनलाइन डबली

काठमाडौ। महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमलाई दिएको सफाइको बिरुद्दमा  पुनरावेदन गर्ने निर्णय गरेको छ।

 

महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेका हुन्। गत जेठ १४ गते वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलम लगायतलाई सफाइ सफाइ दिँदा लिएका आधारहरूप्रति आपत्ति जनाउँदै महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेका हुन्।

दुई साताभित्रै पुनरावेदन पत्र दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

गत जेठ १४ मा  उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिए पछि आलम सहित चार जनालाई रिहा भएका थिए । आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारू र महर्जनविरुद्ध युवराज सफलले न्याय परिषदमा उजुरी दर्ता गराएका छन्  उजुरीमा भनिएको छ, ‘पीडितहरूको न्यायिक बाटोमा अवरोध सिर्जना गर्दै अब झन पीडित, साक्षी र प्रत्यक्षदर्शीहरूको जिउ ज्यानको समेत असुरक्षा भएको अवस्था छ।’

अर्का बिस्पोटमा घाइते भएका भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार संघीय राजधानीमा आएर  आफुलाई अदालतको फैसलाले अन्याय भएको भन्दै  कडाभन्दा कडा सजाय हुनु पर्ने माग गरेका थिए  ।

यस अगाडिको समाचार -तल विस्तृतमा 

जिउदै मान्छे जलाएको आरोपमा आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal