
काठमाडौं । एउटा निश्चित घेरामा रहि असल नमुनात्मक कर्म गर्दै जाने हो भने जिवनमा नाम र दाम कमाउन कसैले रोक्न सक्दैन भन्ने उदाहरणीय कर्म बनेको छ दक्षिणकाली नगरपालिका स्थित बोटल हाउस कृषि फार्म । कृषिनै देश उत्थानको मियो हो र कृषिलाई देशब्यापि प्रवद्र्धनको लक्ष्य बनाउनु पर्छ भन्ने एक मात्र लक्ष्यका साथ २०६३ सालमा शिखरापुर सामुदायिक अध्ययन केन्द्रको नाउँमा स्थापना भएको हो ।
आवासिय कृषि विद्यार्थीका रुपमा देशका विभिन्न क्षेत्रबाट आउनुभएका ८ जना विद्यार्थीहरु मध्ये एक शुसान कार्की भन्छन् , यस अभियानका प्रमुख निरोज श्रेष्ठले लिज भाडाको जग्गामा कृषिलाई आधुनिकिकरण गर्दै लान तालिमको थालनी गर्नु भएको हो । नाउँ शिखरापुर कृषि अध्ययन केन्द्र भएपनि यस फार्मलाई स्थानीयमा वोटल हाउसको नाउँले प्रसिद्ध रहेको छ ।
यसको प्रमुख कारण पुनः प्रयोग नहुने वलिया वलिया अल्कोहल वा अन्य ब्राण्डका खाली वोटलहरु जडित भित्ताले बनेका घरहरुलेनै यस अभियानको नाउँ बोटल हाउस बनाईदिएका हुन् । लग्जमवर्ग देशको स्वयमसेवकहरुको सहभागितामा कृषि अभियन्ता निरोज श्रेष्ठको अवधारणामा सो कटेराहरु बनेको हो । स्थानिय कृषकहरु भन्छन् ,लिजमा लिएको जग्गामा कृषि तालिम ,सल्लाह सुझाबका साथ साथै केहि गरीब किसानहरुलाई त काम समेत उपलब्ध गराएको छ वोटल हाउसले । शुरुमा ४० रोपनी लिजःको जग्गामा थालिएको बोटल हाउस कृषि अभियान विशुद्ध तालिम दिने र नमुना कृषिको अवधारणाका लागि स्थापना भएको हो ।
वोटल हाउसले बेमौसमी तरकारी उत्पादन गर्छ ,गराउँछ ।
गड्यौंला मल उत्पादन र तालिम दिन्छ ।
पढेर कृषि तालिम लिन चाहनेका लागि न्युनटम शुल्क पाँच हजार रुपियाँ दैनिक लिने र आर्थिक रुपले विपन्नका लागि भने खान , बस्न र शिखरापुर विद्यालयमा निःशुल्क पढ्ने ब्यवस्था समेत मिलाएको छ ।
सोशियल विषय पढाउने विद्यालयका विद्यार्थीलाई तालिम र अनुसन्धानको ब्यवस्था गरिएको छ ।
१४ वटा गाई पालेर दुई जना स्टाफ सहित उन्नत जातको गाई पालनको प्रवन्ध मिलाएको छ ।
कृषि रोग र भिटामिन आदिको बारे जनचेतनात्मक अभियान बोटल हाउसबाट भैरहेको छ भने
उत्पादित कृषि फसललाई बजारिकरणसमेत यहाँबाट भैरहेको छ ।
फर्पिङ र दक्षिणकाली विच ईखापोखरी टोलमा रहेको शिखरापुर सामुदायिक अध्ययन केन्द्रको वास्तविक नाउँ भन्दा वोटल हाउसले नै प्रख्यात बनेको छ । यसको प्रमुख कारण बोटलै बोटलबाट बनेको घर कटेरा भन्ने तथ्यपनि भनिसकियो तर त्यो बोटलको भित्तालाई के ले जाडिएको छ त भन्ने बारे थोरैलाई मात्र जानकारीमा भएको पाईन्छ । चिप्लो वोटलको भित्तालाई ०७२ सालको भुँईचालोले पनि केहि गर्न नसकेको कारण बारे बुझ्दा अभियन्ता निरोज श्रेष्ठ भन्नुहुन्छ , गज्जबको आईडिया लागाईएको छ , वोटल हाउस बनाउन । काँचो माटो मात्रमा चिप्लो बोटल जडिएको भए ,जोड्न नै कथिन हुने थियो तर हामीले हाम्रा प्राचिन पुर्खाले सिंहदरवार ,पाटन कृष्ण मन्दिर बनाउँदा प्रयोग गरिए जस्तै कँचामा मानिसको कपालको टुक्रा ,फरालको भुँसा कटिएको टुक्रा मिसाईको छ । जसको कारण बोटललाई गज्जबसंग जडिएको छ भने पर्खाल लगाउँदा एकै पल्ट नलगाई एक हरफ सुकेपछि भोली पल्ट अर्को हरफ थप्दै भित्तालाई उकास्दै लगिएको हो । जसको कारण ७२ सालको भुईचालोमा पनि केहि हुन पाएन । यो पनि कृषकले घर गोठ आदि बनाउँदा प्रयोग गर्न सकिने नयाँ प्रविधिपनि बनेको छ ।
बोटल हाउसमा रामेछाप , चिटवन र काठमाडौंको थेम्स कलेज ,वागेश्वरीलगायतका सोसल पढ्ने विद्यार्थीहरु तालिम र अनुसन्धान गर्न आउने गरेका छन् भने बेला बेलामा कृषि भ्रमण गर्न आउने गरेको पाईन्छ ।
कृषि अध्ययन तालिमका लागि आउने र स्थानियका लागि नगरपालिकासंग मिलेर निःशुल्क कम्प्युटर तालिम ,विद्युत वायर्रिङ ,महिलाहरुलाई प्याड आदि बनाउँने तालिम दिने समेत बोटल हाउसले गर्दै आईरहेको छ ।
समष्टिगत रुपमा भन्नु पर्दा बोटल हाउस निर्माणको अवधारणाले सित्तैंमा फालिने पुनः प्रयोग नहुने बोटलहरुको सदुपयोगबाट घर बनाउन प्रयोग हुने ईटाको विकल्प सदुपयोग भयो भने ईटा बनाउन खर्च हुने समय ,पैसा र बातावरणको समेत बचावट हुन सक्यो । पढ्नबाट वञ्चीत र पढ्न चाहेरपनि पढ्न नपाएका किशोर तथा युवाहरुलाई कृषि तथा अन्य तालिम सहितको काम ,खाने ,बस्ने र पढ्ने समेत गरिदा समाज ब्यवस्थापनमा टेवा पुर्याएको स्थानियमा समेत सकारात्मक अवधारणाको विकास हुन पुगेको बताईन्छ । शुरु शुरुमा बोटल हाउसको अवधारणा ल्याएर काम थाल्दा निरोज बहुलाएछ सम् मभनेछन् पछि प्रोजेक्टले नगरपालिका संग मिलेर कृषिका साथै निःशुल्क कम्प्युटर , ब्युटिपार्लर ,महिला उद्यमसिलता ,खुल्ला शिक्षा र प्रांगारिक मल उत्पादन , ई लाईब्रेरीसम्मको तालिम सफलतापुर्वक थालेपछि २८ जनादेखि एक सय ५० जनासम्मलाई काम दिन सक्ने भएका छौं हामी परियोजनाका प्रमुख निरोज श्रेष्ठ स्पष्ट पार्नुहुन्छ । १४ वर्ष अगाडि स्थापित अभियानले बातावरण संरक्षणको अबधारणामा उत्किृष्ट कार्यक्रम चलाएकोले ६ वर्ष अगाडि शिखरापुर सामुदायिक अध्ययन केन्दलाई जापानले २४ वटा देशभन्दा उत्किृष्ट ग्लोबल अवार्डबाट समेत सम्मान गरिएको थियो । यहि सम्मान पछि अभियानले फाकेल मा आफ्नै जग्गामा डिगो जलवायु ज्ञान केन्द्र सञ्चालनमा ल्याएका समेत छौं उहाँ भन्नुहुन्छ ।
सुसान कार्की ९८४१२३०६१३ ,
निरोज श्रेष्ठ ९८५१०१३०५५ प्रमुख वोटल हाउस