
काठमाडौं । लोक तथा दोहोरी गायक पशुपति शर्माको नयाँ गीत झोले त तैँ, झोले त मै । सार्बोजनीक भएको छ । लोकदोहोरी क्षेत्रमा चल्तीका ट्रेन्ड सेटर गायक शर्माले बिहिबार यस गीत युट्युबमा सार्वजनिक गरेका हुन्। गीतमा समाजमा विद्यमान राजनीतिलगायत विभिन्न खालका विकृतिहरूमाथि व्यङ्ग्य गर्दै शब्द सम्तिएका छन् ।
शर्माले यस अगाडी
लुट्न सके लुट कान्छा
लुट्न सके लुट,
अरू देशमा पाइँदैन
नेपालमै हो छुट गीत सार्वजनिक गरे पश्चात अनेकौ धम्कि आएका थिए—
अघिल्लोपटक व्यङ्ग्यात्मक शैलीमा गीत लेखेर गाएपछि धम्की खेप्नु परेका शर्माले यसपटक भने कसैको चिन्ता नभएको र ‘धम्की आए पनि म डराउनेवाला छैन,’ भनेका छन् ।
गाएक शर्मा कै संगीतमा रहेको यस गीतको संगीत संयोजन कृष्ण के सी को रहेको छ ।
म्युजिक भिडियो हेर्न तल दिइएको फोटोमा क्लिक गर्नु होला –