
काठमाडौं । परिवर्तन आफैबाट सुरु गर्नु पर्छ : अध्यक्ष चिमाेरिया, राष्ट्रिय ख्रीष्टियन महासंंघ नेपाल काठमाडौं ।
परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने अर्काे गतिलाे उदाहरण हुन् रेभ. उद्धब प्रसाद चिमाेरिया तथा श्रीमती बिष्णु कुमारी कार्की। महालक्ष्मी नगरपालिका सितापाखामा अवस्थित आशिष् चर्चमा पास्टरिय सेवारत चिमाेरिया आफैमा एक ब्राम्हण परिवारमा राैताहटमा जन्मिएका हुन्।
दुई छाेरा र एक छाेरिबा बुबा चिमाेरिया थापा क्षेत्री परिवारका ज्वाइँ हुन् भने यहि मिति २०८२ जेष्ठ ४ गत्ते एउटि छाेरि श्रेजलकाे ख्रीष्टियन रिति अनुसार बिबाह सम्पन्न गरेसँगै विश्वकर्मा परिवारका सम्धी बनेका छन्। लण्डनमा अध्ययनरत छाेरि श्रेजलकाे बिबाह भरतपुरका स्थानियवासि स्वर्गीय गुञ्ज विश्वकर्माका कान्छा छाेरा अभिषेक सँग बिबाह गरेका हुन्।
विभिन्न बाइबल कलेजका शिक्षक तथा विभिन्न सामाजिक सेवामा आवद्ध गुञ्जकाे सवारी दुर्घटनामा परेर केही बर्ष अघि मृत्यु भएपनि आमा कल्पनाले धुमधामका साथ बुहारि भित्र्याएका हुन्। देश तथा बिदेशमा रहेका नेपाली भाषी ख्रीष्टियनहरुकाे अभिन्न संस्था राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका रेभ. उद्धब प्रसाद चिमाेरियाकाे छाेरि श्रेजल तथा स्वर्गीय रेभ. गुञ्ज विश्वकर्माकाे छाेरा अभिषेककाे बिबाह भने भरतपुरकाे चितवन गार्डेन रिसोर्टकाे हलमा बिशप नारायण शर्माले सुसम्पन्न गरेका हुन्।