आज : २०८२ बैशाख, २२

बेंगलुरुले राजस्थानलाई ११ रनले गरयो पराजित

  • अनलाइन डबली
  • २०८२ बैशाख १२ गते   बिहान १०:४४ बजे

काठमाडौं । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ ।

छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन, पडिक्कलले ५० रनको इनिङ खेलेका थिए भने बलिङमा ह्याजलउडले ४ विकेट लिए ।

आइपीएल को ४२ औं लिग खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स बीच बैंगलोरको एम. चिन्नास्वामी स्टेडियममा खेलिएको थियो। यस खेलमा आरसीबीको टोलीले पहिले ब्याटिङ गर्दै २०५ रन बनाएको थियो ।

जवाफमा राजस्थानको टोलीले ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सकेको थियो । योसँगै आरसीबीले खेल ११ रनले जित हासिल गरेको हो । २०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले राम्रो सुरुवात गरेको थियो । वैभव र यशस्विले ४.२ ओभरमा ५२ रन जोडेका थिए । भुवनेश्वर कुमारले यो खतरनाक साझेदारी तोडेका थिए । उनले वैभवलाइ १६ रनमा आउट गरे।

यसपछि यशस्वी पनि १९ बलमा ४९ रन बनाएर आउट भए । हेजलवुडले उनलाई आफ्नो शिकार बनाए। दुई विकेट खसेपछि पराग र राणाले इनिङ्सको जिम्मा लिएका थिए । यस अवधिमा परागले तीव्र गतिमा रन बनाए ।

उनले १० बलमा २२ रन बनाए । उनलाई पाण्ड्याले आउट गरेका थिए । उनी आउट भएपछि ध्रुव जुरेलले आफ्नो इनिङ्सलाई सम्हालेका थिए । तर, हेटमायरले खास केही गर्न सकेनन् र ८ बलमा ११ रन बनाएर आउट भए ।

५ विकेट खसेपछि शुभम दुबे र जुरेलले राजस्थानलाई जितको नजिक पुर्याएका थिए । तर ध्रुव ४७ रन बनाएर आउट भए । उनको आउट भएपछि शुभम दुबेले पनि खास केही गर्न सकेनन् र आरसीबीले खेल ११ रनले जित्न सफल भयो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal