आज :

म्याद सकिएको दुई वर्षमा पनि मन्थलीको बहुउद्देश्यीय कवर्डहल अझै अलपत्र

  • अनलाइन डबली

रामेछाप । २०७७ सालमा निर्माण सुरु भएको रामेछापको सदरमुकाम मन्थलीको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अझै अलपत्र अवस्थामा छ ।

मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माण गरिएको सो कवर्डहलको झण्डै ८० प्रतिशत काम सकिएको भए पनि निर्माण व्यवसायीले बाँकी काम पुरा नगर्दा कवर्डहल अलपत्र बनेको छ । निर्माण व्यवसायीले निर्माणकार्य अलपत्र छाडेपछि कवर्डहल भूतबङ्गला जस्तो भएको छ ।

सुनकोसी–गिरी जेभी काठमाडौंले २०७७ असारबाट कवर्डहल निर्माणको काम सुरु गरेको थियो । वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजारको लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोक मार्फत कवर्डहल निर्माणको ठेक्का लागेको थियो ।

सो कवर्डहलको डिजाइन नेपालमै हालसम्मको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त गरिएको छ । सो कवर्डहलमा नेपालमै अहिलेसम्म प्रयोगमा नआएको रिमोटबाट चल्ने अटोमेटिक चियरको स्टमेट थियो । जसको लागि २ करोड ८५ लाख रुपैयाँ लागत स्टमेट छ ।  तर निर्माण कम्पनीले सो काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छ ।

अहिले निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १ सय ८० वटा कुर्सी ल्याउन नसक्दा काम रोकिएको छ । निर्माण व्यवसायीले लामो समयदेखि काम छाडेपछि बनेका संरचना पनि ध्वस्त हुँदै गएका छन् । भवनका सिसा, टायल फुटाइएका छन् । बाथरुम, ट्वाइलेटहरू अस्तव्यस्त भएका छन् ।

जिल्ला सदरमुकामको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अलपत्र हुँदा खेल क्षेत्र प्रभावित भएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन् । यस विषयमा नागरिकले बारम्बार प्रश्न उठाउने गरेको भए पनि आफूहरूसँग कुनै जवाफ नभएको उनको भनाइ छ ।

कवर्ड हल निर्माणको लागि अन्तिम पटक २०८० साल जेठ २७ गते  सम्मको लागि म्याद थप गरिएको थियो । अन्तिम पटकको लागि म्याद थप भएको झण्डै २ वर्ष हुन लाग्दा पनि काममा प्रगति भएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal