आज :

सान्नीत्रिवेणिमा ३ दिने निःशुल्क आँखा शिविर सञ्चालन, पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्वारा उद्घाटन

  • देविराम देवकोटा

मेहलमुडी । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाही र गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले संयुक्त रूपमा ३ दिने निःशुल्क आँखा शिविरको उद्घाटन गरेका छन्। “नो लिमिट्स नेपाल” को सहयोग तथा गाउँपालिकाको समन्वयमा सञ्चालन भएको उक्त शिविरले स्थानीय बासिन्दाहरूलाई निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्नेछ।

शिविर उद्घाटन समारोहमा बोल्दै माननीय शाहीले यस्तो अभियानले ग्रामीण भेगका नागरिकको स्वास्थ्यमा महत्वपूर्ण योगदान दिने बताए। गाउँपालिका अध्यक्ष केसीले समेत स्वास्थ्य सेवाको पहुँच नपुगेका नागरिकका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

शिविरमा वरिष्ठ नेत्र विशेषज्ञहरूद्वारा परीक्षण, औषधि वितरण तथा आवश्यक परे शल्यक्रियाका परामर्श दिने बताइएको छ। आयोजकहरूका अनुसार शिविरबाट सयौं नागरिकले लाभ लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal