आज :

मजदुर अधिकारका लागि आन्दोलनको तयारी गर्न माओवादी नेता आचार्यको निर्देशन्

  • अनलाइन डबली

काठमाडौं । मजदुरहरुको हक–अधिकारका लागि आन्दोलनको तयारी गर्न नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यले निर्देशन् दिएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समतिको चौथो पूर्ण बैठकमा आचार्यले अन्य क्षेत्र जस्तै होटल क्षेत्रमा पनि निर्णायक आन्दोलन जरुरी रहेकोसमेत बताएका हुन् ।

माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्जसमेत रहेका आचार्यले आफ्नो पार्टीले व्यवस्था परिवर्तनको लडाईँ जिते पनि अवस्था परिवर्तनको लडाई जित्न बाँकी रहेकाले अब पुनः घनिभूतरुपमा त्यसतर्फ लगिरहेको बताए । पछिल्लो समय मजदुरहरुमाथि एकपछि अर्को पीडा तथा मर्काहरु थोपरिएकोले आफूहरु पुनः संघर्षको मैदानलाई बलियो बनाउन लागेको बताउँदै भने,“साथिहरु नआत्तिनुस् हामीले अब अधिकारको लडाईलाई कडा बनाउँदैछौं, तपाईहरु पनि तमतयार बन्नुस ।”

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष जगत सिंखडाले संविधानमा श्रमिकका विषयलाई सम्बोधन भएपनि श्रमिकको हितमा कानूनहरु बन्न नसकेकोले अब निर्णायक आन्दोलन गर्नु पर्ने धारणा राखेका छन् । माओवादी निकट अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्षसमेत रहेका सिंखडाले मजदुर हितमा हुने हरेक आन्दोलन तथा संघर्षमा जेटियुसिसीको साथ रहने प्रतिबद्धता जाहेर गरे ।

 

अखिल नेपाल टे«ड युनियन महासंघका उपमहासचिव माधव पाण्डेले नेपालको ट्रेड युनियन आन्दोलन अफ्ठ्यारो अवस्थामा रहेको र उल्टो बाटोमा हिँडिरहेको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउन सबै लाग्नु पर्ने धारणा राखे । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघको इन्चार्जसमेत रहेका पाण्डेले आधिकारको लाडाइँलाई उत्कर्षमा पुर्याएर जान तयार रहनुपर्ने बताउँदै भने,“अदालतले समेत उल्टो फैसला गर्छ, अब मजदुर विरोधी निर्णय र अधिकारका लागि जस्तोसुकै संघर्षमा जानसकिन्छ, बढी गए जागिरै जाला, हामी छौं, तयार बन्नुस ।”

आज भएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समतिको चौथो पूर्ण बैठकले केही दिनमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्बजनि गर्ने जनाएको छ । संघले सेवा शुल्कदेखि विभिन्न सुविधाका लागि संघर्ष अनिवार्य भएको भन्दै, सो एजेण्डालाई एकमताका साथ पास गरेको छ । सो अनुसार मजदुहरुको हक कुण्ठीत गरेको तथा १० प्रतिशत सेवा शुल्क अनिवार्यरुपमा कानुनी व्यवस्था गर्नु पर्ने । करार तथा आपूर्तीकर्ता मार्फत गैर कानुनीरुपमा प्रतिष्ठानमा मजदुर राख्न नपाईने,सम्पूर्ण मजदुरहरुलाई सामाजिक सुरक्षामा अनिवार्य आवद्ध गरिनु पर्ने, मजदुरहरुलाई अनिवार्यरुपमा नेपाल सरकारको श्रेणी विहिन कर्मचारी सो–सरह न्यूनतम वेतन कायम गरिनु पर्नेलगायतका मागहरु पुरा गर्न संघर्षमा जानुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal