
पदम श्रेष्ठ –
नर देय् अर्थात हाडीगाउँ ,सँखोना अर्थात निलसरस्वतीथान , नवसागर वा नक्साल र ठमेल अर्थात थवहिललाई लिच्छविकालिन राज्य शंकश्यनगरी विशालनगर सभ्यताको चार ऐतिहासिक वस्तीहरुको केन्द्र मानिन्छ । यहि बास्तविकतालाई उजागरगर्दै जाने उदेश्यबाट निलसरस्वतीस्थान र नक्साल क्षेत्रको पहिचानसहित २० र २१ गते दुईदिने पहिलो महोत्सवको आयोजना गरियो । आगामी वर्षमा वसन्त महोत्सव ,शिवरात्री स्पेशल र होली कन्र्सट समेत गर्दै शङकस्यनगरीको पहिचान उजागर र पर्यटन प्रवद्र्धन समेत गर्ने गरी टुकुचा टोल सुधार समितिका अध्यक्ष प्रविण श्रेष्ठको संयोजक र दिनेश तुलाधरको सचिवकत्वमा आयोजित महोत्सव आयोजना भएको हो । महोत्सवमा पुस्तक स्टल , लायन्स ल्कवको प्रसाद वितरण , स्थानिय स्कुलहरुको भार्ना तथा स्थल र विद्यार्थी तथा स्थानिय बासिन्दाको प्रतिभा प्रदर्शन ,सास्कृतिक कार्यक्रम गरिएको थियो । महोत्सव प्रथम भएपनि उत्साहजनक जनसहभागितालाई आगामी वर्षदेखि ब्यवस्थित रुपमा प्रवद्र्धन गर्दै लाने स्थानियको प्रतिवद्धता रहेको छ ।
१ ) नक्साल भगवती र नवसागरस्थल ः
अष्टमातृका पीठमध्ये एक हो नक्साल भगवतीे । भनिन्छ–लिच्छवीकालमा पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारको दायाँ हात काटिएपछि यो मुर्ति बायाँ हातले निर्माणगरिएको हो । नेपाल सम्पदा संघकाअनुसार ने.सं.८०१मा जीर्णोद्धार भएको तीनतले पेगौडा शैलीको धातु छाने मन्दिर छेउ सानो चैत्य, महादेव , गणेशका मुर्तिहरु भजनगृह छन् । यहाँ विजयादशमी , सिथीनखः पर्वमा राँगा,हाँस,कुखुरा बलि दिई पुजिन्छ । दसैंमा राष्ट्र प्रमुखबाट दर्शन हुने शक्त्ति पिठहरुमध्ये नक्साल भगवती मन्दिर भित्तामा मसानको प्रतिक ख्याक ,कवँ ,किचकन्या ,भुतप्रेतका प्रतिक चित्र कोरिएका थिए ।
शङकरकीर्ति महाविहार (नक्सालवही) ः
एक समय मातृसत्तात्मक सत्ताका पक्षधर अमर बाँडा र शक्तिका विरोधी शङ्कराचार्य बीच ठूलो विवादमा नक्सालस्थित बुद्ध विहारमा भएको र शास्त्रार्थमा अमर बाँडाले निलसरस्वतीको अदृश्यसाथ दिएका थिए रे । शास्त्रार्थमा शङ्कराचार्यले जति तर्क दिएपनि हराउन नसकेपछि हिंसामा उत्रिएका थिए रे शंकराचार्य । भनिन्छ, यहि नक्साल विहारबाट बौद्धस्थल ध्वष्ट गर्न थालिएको स्थानियहरु आख्यान हाल्छन् । ध्वस्त विहारलाई शङ्करकीर्ति विहार भनियो । एक समय यो बुद्ध विहारचारैतिर नौ वटा पोखरीले घेरिएको थियो , बर्तमानमा कमलपोखरी , नागपोखरी , टंगाल पोखरीको अस्तित्व बाँकी रहेको छ भने मचापुखु घरैघरले पुरिसकेको छ ।
नन्दीकेशर बहाल ः
मल्लकालमा निर्मित नन्दीकेशर महादेवस्थल राणाकालमा व्यवस्थापन भएको हो । करिब चार रोपनीमा फैलिएको महादेव मन्दिर गुम्बजकारबाट हालै तीन तले पेगौडा शैलीको मन्दिरमा पुनःनिर्माण भएको छ । नन्दिकेश्वर महादेवस्थलको चारैतिर दिवा र रात्रीकालिन स्कुल छन् भने मन्दिरकै नाउँमा काठमाडौं महानगरपलिकाका मेयर केशव स्थापितको पालामा नन्दिकेशर खुल्ला पार्क निर्माण भएको छ । पाटनको नाग वहालको शिला मुर्ति साँढे कराएमा नन्दिकेशर वहालस्थित साँढेको पनि पुजा गर्नुपर्ने परम्परा छ ।
नारायणचौर र साईबाबा केन्द्र ः
लिच्छवीकालिन नारायण मन्दिरकै चौरमा ने.सं.१०१७ मा केन्द्रीय साई परिषद् स्थापित छ । वैदिक,बौद्ध,जोरास्टर,क्रिस्चियन,मुस्लिम , वहाई , जैन ,सिखको लोगो स्वरुपमा सत्य साई केन्द्र क्रियाशील छ । प्रवचन हल,सेवा कक्ष,स्वास्थ्य केन्द्रसमेटेर चारतल्ले भवन आकर्षक बगैचासहित को छ । दक्षिण भारतमा ने.स.१०४७ मा जन्मनुभएका साईबाबा, नयाँ धर्म प्रादुर्भाव गर्न नभई धर्म शुद्धीकरणकालागि ईश्वरीय आत्मा हुन् । मानव शरीर बेग्लाबेग्लै भएपनि आत्मा एकै हो, भन्ने सन्देशलाई सर्वव्यापी बनाउन ने.स.१०९४ सेप्टेम्बर १५मा धनबहादुर रानाले भैरहवामा साई केन्द्र स्थापना गर्नु भयो । लगतै बागबजार,पोखरा,धरान, बुटवल,झापाहुदै ६४ केन्द्र छन् भने विश्वका १४६ राष्ट्रमा १७५२ केन्द्र छन् ।
कमलपोखरी र अग्रवाल भवन ः
३० रोपनीमा फैलिएको कमलपोखरी नक्साल नामकरण गर्ने नौवटा पोखरीमध्ये एक हो । हाल पोखरीमा माछा पाल्ने डुङ्गा चलाउने पुग्नेहरुका लागि स्वर्गको बगैचा अनुभुति भइरहेको छ । काठमाडौं महानगरपालिकाको लगानीमा ने.सं.११४२ चैत्र फागुपुर्णिकाको अवसरमा उदघाटित कमलपोखरी वरीपरी ७ वटा भगवान बुद्धको चिवा चैत्य , चार कुनामा चार नेवार कलायुक्त फल्चा पाटी र बगैंचाले पोखरीलाई आकर्षक तुल्याएको छ । नजिकै अग्रवाल भवन छ । मारवाडी समुदायका प्रवद्र्धनक अग्रसेन महाराजको मुर्तिसहित सभास्थल छ ,यहाँ । मारवाडी व्यापारका हस्थी बन्न अग्रसेनको योगदान रहेको छ । अग्रवाल भवनलाई कमलपोखरीले सुनमाथि सुगन्ध छरिदिएको छ ।
नागपञ्चमी एक आख्यान अनेक
नक्साल नामाकरण गर्ने नौ पोखरीमध्ये एक हुन् , नागपोखरीपनि । प्रत्येक वर्ष नागपञ्चमीको दिन विशेष पूजा हुने गर्दछ याहाँ । करिब सात रोपनीमा फैलिएको नागपोखरी नागका अलावा ने.सं.१०१५ मा सन्तोषीमाताको मन्दिर छ । उपत्यकामा वज्रयान बौद्ध परम्परानुसार १२ नाग तीर्थ छन् ।। नागपञ्चमीमा घरको मूलढोकामा नागको चित्र टाँसेर श्रद्धाभक्तिपूर्वक पूजा गरिन्छ । उपत्यका मञ्जुश्रीले नागवंशको सम्मानार्थ टौदह र ललितपुरको धापाखेलमा पोखरी सुरक्षितगरी बस्ती बसाएको आख्यान छ । यस्तै भक्तपुरको सिद्धपोखरीपनि नागवंशीबारे महिमा भएको पोखरी मानिन्छ । मेलामा आउनेहरुका लागि वोट चलाएरपनि मनोरञ्जन गर्ने गरेको पाईन्छ ।
महाविर जयन्ती (जैन धर्मका प्रर्वतक)
शान्ति, अहिंसा र सदाचारका सन्देशबाहक एकै युगका तीन महापुरुष गौतम बुद्ध,
कन्फ्यूसियस जस्तै जैन धर्म गुरु महाविर पनि हुन् ।
चैत्रशुक्ल त्रयोदशीका दिन जैनहरूमा महाविर जयन्ती मनाइन्छ । भगवान बुद्ध र जैन महाविर बाहिरी आँखाले छुट्याउन नसकेपनि बुद्धलाई पद्माशनमा शरीर ढाक्ने चिवरमा देखिन्छ भने महाविर सादा पलेटी कसेर वस्त्र बिहीन देखिन्छ । परापूर्व कालमा जैनधर्मलाई आहर्त धर्म भनिन्थ्यो । आहर्त धर्मका संस्थापक तीर्थङकर ऋषभदेव हुन् । भगवान ऋषभदेवका जेष्ठ पुत्र सम्राट भरतको नाउँबाटै हिन्दुस्थानको नाउँ भारत रहेको हो । चौवीसौं तीर्थङकर नारी देह मल्लिनाथको जन्म मिथिलापुरी जनकपुर नेपालमा र महावीर (गौतमबुद्ध समकालीन) को जन्म नेपालकै बारा सिम्रौनगढमा भएको दाबी गरिन्छ ।
नेपालमा जैन धर्मः
जैन धर्मको नेपालमा त्यति प्रभाव नरहेपनि जैन धर्मसँग आख्यान जोडिएको बौद्ध चैत्य काठमाडौंको नःघलस्थित श्रीघः चैत्यलाई मानिन्छ । हाल श्रीघः चैत्यलाई बौद्ध चैत्यका रूपमा काठेसिम्बू नाउँले पूजिन्छ । तर विगत ४० वर्ष अघिदेखि २०४५ सालमा स्थापित भगवान महाविर जैन निकेतन सभाकक्ष, अतिथि भवन, व्यापारिक कम्प्लेक्स सहित निर्माण भएका छन् ।
२ ) हाँडीगाउँ नरदे र मालिगाउँ माग एकै सभ्यतास्थल
माटोको भाँडा हाँडी बनाउने प्रजापती बस्ती हाँडीगाउँलाई नेपालभाषामा नरदे र संगैको माली गाउँलाई मागः भनिन्छ नेपालभाषामा । कथनअनुसार कीर्तिपुर नरगोवासीलाई बाघले सताएछ । ज्योतिषको सल्लाहअनुसार, कीर्तिपुरमा बाघभैरव थापना गरेपछिपनि सताउन नछाडेपछि हालको ठाउँमा बसार्इँ सरेको बताईन्छ । पछि सोही ठाउँलाईनै नरगोबासी किर्तिपुरेहरुले नरदे भन्न थालिएको हो । भनिन्छ, राजा मानदेवको राजप्रसाद मानगृह र अंशुवर्माको कैलाशकुट भवन मालीगाउँभित्रै भग्नावशेषको रुपमा रहेकोछ । हाँडीगाउँ डबली संवत ४७२ लिच्छवीकालीन अभिलेख मानी रुद्रमती ( धोविखोला ) छेउमा उत्तर टुँडालदेवी र धुम्वाराही , मैतीदेवीको अष्टमातृका पिठ सहित नरदे हाँडिगाउँ बसाईएको बताईन्छ ।
सत्यनारायण मन्दिर र ढुङ्गेधारा ः
हाँडीगाउँ सरस्वतीस्थान सम्बत् ४७२को शिलालेखबाट ढुङ्गेभ¥याङ ओर्लिइ धोविखोलातर्फ ढुङ्गेधारासहितको सत्यनारायण मन्दिर रहेको छ । नारायण मन्दिर अगाडि ठडिएको ढुङ्गेस्तम्भनै नेपालभित्रै बौद्धहरुलाई गाली गरिएको एकमात्र प्रतिमास्थलपनि हो । त्यसैगरी यस क्षेत्रका ऐतिहासिक सम्पदा क्षेत्रहरुमा
षड्मुखा भगवती मनमानेश्वरी ः
टंगाल पोखरी नजिकै मानेश्वरी मन्दिर भुँइतल्ले आकृतिमा थडिएको छ । गोपालराज वंशावलीअनुसार राजा मानदेवका कुलदेवता हुन् यी । मन्दिर भित्र शिवलिङ्ग जस्तो ठुलो शिलामुर्तिलाई मानेश्वरी भगवतिको रुपमा पुज्ने गरेको पाईन्छ भने गहना खोज्ने जात्रामापनि माखः भन्दै देवीकै रुपमा जात्रा गर्ने गरिन्छ । राजा अंशुवर्माको संवत् ३२ को अभिलेखमा देवीलाई ३ पुराण र १ पण छुट्याउनुले लिच्छवीकालमा मानगृहकै आगमदेवताको भग्नावशेष प्रमाणित हुन्छ ।
भाटभटेनी (मोपता अजिमा) ः
हाडीगाउँकी टुँडालदेवीपछि छोरी भाटभटेनी (मोपता) को स्थान छ , उच्च । दुईतले धातुछाने भाट र भटेनी झुण्ड्याइएकैमा पुजिन्छ आजपनि । कथनअनुसार, टुँडालदेवी (तोण अजिमाँ) पोडेसँग विवाहपछि दुई छोरीहरूलाई मोपता अजिमाँ ( भटेनी ) र माख (महालक्ष्मी) भए । महालक्ष्मी मानेखटले नक्सालमै घरबार गरेपनि भटेनीले चाहिं भाट पुरूषलाई घरज्वाईं राख्न हाँडीगाउँ ल्याइन् । बच्चालाई तेल लगाएर घाममा सुताएका बेला चीलले टिपेर लगेछ । भनिन्छ,बच्चा लिन उडेको दृश्यनै भाटभटनी हुन् ।
टुँडालदेवी (तोर्ण अजिमाँ) ः
विशालनगरका पुज्यदेवी हुन्–टुँडालदेवी अर्थात तोर्ण अजिमाँ । जुन शंखस्यनगरी बासीको दाहसंस्कार गर्ने शक्तिपीठ पनि । तीनतले पेगोडाशैलीको टुँडालदेवी , इच्छुमती र खहरेखोलाको दोभानमा छ । ने.सं.८५४मा राजा जगतजय मल्ल, ने.सं.८३४मा राजा भास्कर मल्लको राज्यकालमा जीर्णोद्धार भएको मन्दिरछेउ भैरव मानेर पुज्ने संवत् ३९७ र संवत् ८५४ का अस्पष्ट अक्षरका शिलापत्र छन् । धर्मशालामा राँगाको सिंह चढाइनुले देवी तान्त्रिक मानिन्छ । ल्हुतिपुर्णिमामा हाँडीगाउँ टंगालपोखरीको गहना खोज्ने जात्रामा टुँडलदेवीको विशेष गहना खोज्ने जात्रा हुनेगर्दछ ।
धुम्बाराही ः‘ धुँ ले बाघ र ‘बाराहीले रक्षक देवता हुन् । बाघजस्तो धुम्बाराही उपत्यकामा चारवाराही ललितपुरको बज्रवाराही,भक्तपुरको जिनबाराही,मध्यपुरको नीलवाराही र कान्तिपुरको धुम्बाराही १२रोपनीमा फैलिएको छ ।
,ज्ञानेश्वर महादेव, शान्त भैरव र सिख मठः
शंकस्यनगरीको अन्तिम पूर्वी सिमाना ज्ञानेश्वर महादेवको मन्दिर तीनतल्ले पेगोडाशैलीमा छ । स्वस्थानीमा उल्लेखित ६४लिङगे महादेवमध्ये एक छाना धातुयुक्त र टुंडालमा सम्भोगरत कलाकृति छन् । दुई रोपनी ढुंगे चोकबीच ने.सं.९४३मा दैवज्ञराज लक्ष्युमन भारोद्धारा स्थापित मन्दिरको दक्षिणतर्फ उन्मक्त भैरवको ढुंगे मूर्ति छन् । जहाँ निसन्तानले भाकलगर्ने गर्दछन् । कथनअनुसार शिखधर्मका संस्थापक गुरू नानक ने.सं.६३८मा तेस्रो उत्तराखण्डको यात्रागर्दै नेपाल प्रवेश गर्नुहुँदा ज्ञानेश्वर सन्यासीस्थानमा बसी शिखमठ स्थापना गर्नुभयो । शिख मठमा सन्यासी ज्ञानेश्वर महादेवमा भट्ट ब्राह्मण र भैरवस्थानमा कर्माचार्य नेवार पूजारी रहन्छ ।
मयतिदेवी (मैतीदेवी)ः
अष्ठमातृका पीठ मध्ये एक मैतिदेवी अजिमामा पाँचवटा बुद्ध चैत्य रहेकोले पञ्चकुमारीपनि भनिन्छ । नेपाल सम्बत्को पहिलो दिन म्हपूजामा मैतीअजिमां, गणेश र महालक्ष्मीको खटजात्रा मुनिकार खलःको नेतृत्वमा हुने चलन छ । मूलरूपमा मालिगाउँ थनेका मू स्वां रोप्ने मुनिकारलाई सिनामू खलः र कोने तर्फका मुनिकार , जो कनास्वाँ रोप्दछन्लार्इ कनाः मू खलः भनिन्छ ।
‘सिनामू खलःले मैतीदेवीको जात्रा गर्ने गर्दछन् भने कनाःमू खलःपचली भैरव पीठसँग सम्बन्धित छन् ।’ कुविद्याका ंरक्षक मैतीअजिमांको ने.सं.४८मा निर्माण र ने.सं.६५०मा जात्रा थालिएको कथन छ । हाल रूद्रमती वानेश्वरतर्फ छ भने मसानमा अहिलेपनि थुप्रै जातको लास जलाउँदैनै छ । सादाढुंगा पूजिने पिठ, पित्तलको छानायुक्त मन्दिरको चार कुनामा चारधातु सिंह र स्वयम्भू चैत्य भैरव छन् । मन्दिर ३३रोपनीकोगुठीमा स्थापना छ ।
३ ) सँकोनाकी नीलसरस्वती ं
सँकोनास्थित नील सरस्वतीलाई मञ्जुश्रीकी अर्धाङ्गीनी मानिन्छ । भनिन्छ ,काठमाडौं उपत्यकाको विशाल पानीको तलाउ चिनको ल्हासाबाट बर्तमानको साँखु नगरकोट वा ल्हासापाको क्षेत्रमा विचरणगरी उपत्यकाको पानीलाई कसरी वाहिर पठाउने भनि निक्र्यौलगर्दा सरस्वतिको विशेष हात थियो । नेपाल भाषामा तिब्बतलाई सँदेय् अर्थात सँय् भोतेहरुको बस्ती भनिन्छ । साँखुलाई सक्व अर्थात सँ देशको तल्लो तह सक्वबाट आएकाहरुले लिच्छविकालमा बसाएको बस्तीलाई सँखुना भनिएको भनाईछ । उनै देविको साधनागरी नक्साल विहारका अमर वाँडाले नारी शक्तिका विरोधी शंकराचार्यलाई शास्त्रात्रमा हराएका थिए । श्रीपञ्चमीमा भक्तपुरको ल्हासापाको, स्वयम्भू मञ्जुश्रीस्थान , ललितपुर लेले जस्तै यहाँपनि मेला लाग्दछ , शिक्षा आर्जनमा सफलताको कामनागर्दै । लिच्छवीकालिन राज्य शंखस्यनगरी विशालनगरको अन्तिम सिमाना निलसरस्वतीस्थान , टुकुचा खोलाछेउ स्थापित गुम्बजाकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित मानिन्छ । जहाँ , धेरै जसो विद्यार्थीहरु परीक्षामा , विदेश पढ्न जादाँ दर्शन गर्न पुग्दछन् ।
श्वेतकाली भगवती मन्दिर ः
धोवीचौरस्थित मानदेवकालीन महादेव ः
नीलसरस्वती नजिकै धोवीचौरस्थित लिच्छवीकालीन महादेव मन्दिरपनि एक हो । लुगा सुकाउने चौर बीच शिव लिङको पादपीठमा उल्लेखित सम्बत् ३८९ र ३९० ले यस क्षेत्रको पुरातत्वलाई उजागर गरेको छ । मन्दिर राजा मानदेवले आमाको इच्छामुताविक निर्माण गराएको भनाई छ । जहाँ लुगा धुने चौर र शिलारुपि चामुण्डा अष्टमातृका मध्ये एक पनि छ ।
लाजिम्पाटस्थित दयाश्वर महादेवस्थल ः
दुस्तआत्मा विचरणगरी हिडने ठाउँ लछिपटनै नेपालभाषामा अपभ्रंस भई लाजिम्पाट भन्न थालिएको हो । यहि दुस्तआत्मालाई दवाउन स्थापित शिवस्थल हो, दयाश्वर महादेव । आधा रोपनीको क्षेत्रफल भित्र चर्चिएको देवस्थल मल्लकालमा संरक्षित मानिन्छ । मन्दिरभित्र ,भजनगृह, यज्ञस्थल ,सप्तर्षि , बुद्धका मुर्तिसहितको छ भने शिवरात्री , तीज,साउने सोमबार मेला लाग्छ याहाँ ।
रानीबारी ःपोर्पा अजिमाँ ः
लाजिम्पाटीसथत रानीबारीलाई नेपालभाषामा पोर्पा अजिमाँका नाउँले पुकारिन्छ । करीव १० रोपनीको थुम्कोमाथि रानीदेवीको सादा शिलाको मन्दिर रहेको छ । जहाँ ज्यापु समुदायको देवाली पुजा हुने गर्दछ । मन्दिर सामाखुशी नदी किनारमा अवस्थित रहेकोछ । जंगलमा विवाह,ब्रतबन्धआदि पिकनिकसमेत हुने गर्दछ भने याहाँ आश्विनमहिनामा क्षमापुजा हुने गर्दछ ।
नारायणहिटी दरवार हत्याकाण्ड र
शंकस्यनगरी ः
मानदेव प्रथमद्वारा आफ्नै पिता धर्मदेव हत्याको साक्षी नारायणहिटी राजदरबारमा ने.सं.१११३ (२०५८) जेठ १९गते राति ९.१५बजेको राजपरिवार हत्याकाण्डले राष्ट्रलाईनै किकर्तव्यविमुढ बनाईदिएको थियो । शक संवत् ३८६ देखि ४२७ सम्म राजगद्दी सम्हालेका मानदेव प्रथमलेपनि अञ्जानमा नारायणहिटीमानै आफना पिता धर्मदेवको हत्यागरी रक्तरञ्जित तुल्याएको आख्यान पाईन्छ । नेपाल वंशावली अनुसार,देशमा खडेरीपरी ढुङ्गेधारा,नदि,पोखरी सुक्दा जनता आकुलव्याकुल भएछन् । ज्योतिषले ३२ लक्ष्यणयुक्त व्यक्तिको बलि दिए पानी आउने बताएछन् । राजाले देश रक्षार्थ राजकुमारलाई आदेश दिए की,,भोलि बिहानै काग कराउनुअघि नारायणहिटीमा सेतो कपडाले ढाकिएको डल्लो हुनेछ , दुई टुक्रागरी काटिदिनु । आदेश पालन त गरे तर काटिएको वस्तु स्वयम् धर्मदेव थिए । पछि थाहा पाएका मानदेव प्रथमले पापमोचनार्थ बज्रयोगिनीको ध्यान गरी देवीको आज्ञाअनुसार कश्यपबुद्धको अस्थिराखी बौद्धस्तूप बनाए भन्ने लोकोक्ति प्रसिद्ध छ । पिता हत्याको पापमोचनार्थ स्तूप त बनाए तर नारायणहिटीले पापीको अनुहार नहेर्न उल्टो फर्किएको आख्यान छ । अनुसन्धानकै विषय भएपनि, नारायणहिटी दरबार वीर शमशेरद्वारा राजा पृथ्वीवीरविक्रम शाहको जन्मोत्सवमा उपहार प्रदान गरिएको मानिन्छ । ने.सं.९६७मा जङ्गबहादुरका भाई रणोद्दीपका लागि बनाएको दरबारमा हाल संग्रहालय र गणतान्त्रिक टावर छ । स्वर्गिय राजा महेन्द्रबाट नारायणहिटी प्रयोग हुदै आएको थियो । राजा प्रताप मल्लद्वारा ने.सं.७६९मा निर्मित शिखर नारायण मन्दिर र लिच्छवीकालीन हिटी ढुङ्गेधाराको संयुक्तस्वरुप नारायणहिटी हो । यसै दरबारभित्र राजा वीरेन्द्र,रानी ऐश्वर्य,युवराज दीपेन्द्र,अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुतिसहित राजपरिवारको हत्याले धर्मदेवकालीन हत्याकाण्डले माथ खाएको थियो । जहाँ मल्लकालिन शिखरशैलीको नारायण मन्दिरपनि रहेको छ ।
थँवहिल–ठमेल ( विक्रमशील महाविहार ) ः
नेपाल भाषामा ‘थँ’को अर्थ माथिल्लो र वहिले बिहार अर्थ लाग्दछ । त्यसैले विक्रमशील महाविहारलाई थँवहिल अर्थात माथिल्लो विहारलाई ठमेल भनियो । ने.सं.१०६ ताका कान्तिपुर बसाउँदा ठमेलछुट्टै बस्ती थियो । काठमाडौं नगरलाई ठँहिटी क्वाःवहालदेखि असन माछा देवतासम्म थथुपुँई, माछा देवतादेखि मखनसम्म दथुपुई, मखनदेखि मरूसत्तल ( काष्ठमण्डप ) सम्म लाय्कूपुँई र मरूसतःदेखि यँगालसम्म क्वथु पुँई गरी ४ एकाइमा वर्गीकृत थियो । चार पँुर्ई भित्र १८ महाविहार र शाक्यहरुको १६ बुद्ध विहार छन् । तर प्रधानहरुको यो थँवहिल बुद्ध विहार , वज्राचार्य समुदायको दे आचार्य गुथिसंगपनि सम्बन्धित छैन् ।
ने.सं.३४४मा निर्मित थँवहिलमा करुणमय र सिंहसार्थवाह पुजिन्छ । विहारमा, काठमाडौंका ९ कवलका मान प्रधान , लाल प्रधान , प्रसाद प्रधान र नरसिंह प्रधानको नेतृत्व रहेको हुन्छ । कवलमा तखाछें कवः, दुनेछें कवः , तासीचुक कवः र पिण्याछें कवः मुख्य मानिन्छ भने यताला कवः , न्हुछें कवः, तधं कवः र असँछें कवः सहायक हुन् । जामाचो नागार्जुन चैत्यलाई दुगुद्यो र पुरानो गुहेश्वरी आँगम मान्छन् याहाँका प्रधानहरुले ।
थमेल विहार र सिंहसार्थवाहको कथा ः
आख्यानुसार, सिंहसार्थबाह व्यापार गर्न बानियाँहरुका साथ तिब्बत गई फर्कदा, अनकन्टार ठाउँमा राम्री–राम्री तरूनीले बानियाँहरुको खुब सेवा गरे । दंगदास बानियाँहरु तरूनीको चक्करमा फसे तर सिंहसार्थवाहलाई राति आर्यावलोकितेश्वरले सतर्क गराउदै भनेछन्–ती सुन्दरीहरू राक्षसनी हुन् तीनीहरुबाट बच्न ब्रह्मपुत्र नदि तर्दा ती यक्षिणीले जतिसुकै बोलाएपनि फर्किएर नहेर्नु, सो कुरा साथीहरुलाइपनि बताए । तर,समुद्र तर्दा मन थाम्न नसकी फर्किएर हेर्ने सबै यक्षीणीको आहारा बने । नेपाल फर्किन सफल सिंहसार्थवाहसंग एउटी यक्षिणीपनि आइपुगेकी रहिछिन् । सुन्दरीबाट मोहित शंकस्यनगरी –( विशलनगर )का राजा सिंहकेतुले जतिसुकै सतर्क गराएपनि यक्षिणीलाई रखौटी राखिदिएछन् । ऐन मौका छोपि यक्षिणीले राजालाई समेत खाइदिएछन् । सो कुरा थाहपाई सिंहसार्थवाह विशालनगरपुग्दा अवलोकितेश्वरको प्रभावका कारण यक्षिणीहरू भागाभाग गरेछन् । यक्षिणीबाट मुक्त गराएकाकारण जनताले सिंहसार्थवाहलाईनै राजा घोषणा गरे । यहि खुशियालीमा फागुपुर्णिमाको दिन बसन्तपुरमा झल्लर लिङगो उठाई भव्य सिहंसार्थवाहको खट जात्रा गरिन्छ । करुणामयको सम्मानमा जनताहरुले सिंहसार्थवाहलाईनै गरुढ भगवानको रुपमा प्रतिष्ठापित गरे । दुइतल्ले थँवहिलमा ने.सं.८०४का अभिलेख छन् । १६औं शताब्दीमा निर्मित गुप्तदेवता सद्यकुमारी तीनतले मन्दिरको तोरणमा वज्रसत्व कुमारी भैरव र चोकमा स्वयम्भूचैत्य छ । यी र यस्तै तथ्यहरुलाई उजागर गर्दै लाने उदेश्यबाट एउटा बुक लेट प्रकाशन वसन्त महोत्सव ,शिव रात्री स्पेशल ,होलि कन्सर्टपनि गर्दै लाने लक्ष रहेको अध्यक्ष प्रविण श्रेष्ठको छ ।