आज :

सामाजिक सञ्जाल विधेयकविरुद्ध क्रान्तिकारी उत्रियो सडकमा, तात्यो मधेश

  • अनलाइन डबली

जनकपुर । सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ताको मागसहित जनकपुरधाममा मओवादी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
आइतबार साझ जनकपुरधामको मुख्य प्रवेश द्वार रामानन्द चोकको बीचमै मसाल जलाएर सरकारविरुद्ध उनीहरुले प्रदर्शन गरेका छन् ।

संसदमा दर्ता भएको उक्तविधेयक’ले नागरिकको वाक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामा असर पार्ने भन्दै आफूहरु यो विधेयकको बिरोधमा आवाज उठाएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सदस्य श्याम साहले बताए ।

प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूले नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने उनले खतरा औंल्याए । ‘बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइक वा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु हुँदैन’ उनले भने ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले विधेयकका विभिन्न प्रावधानमाथि आपत्ति जनाएका छन् । सरकारले यो विधेयक पास गरे आफूहरु अदालतमा रिट हाल्ने र तत्पश्चात पनि नभए सदन घेराउ गर्ने प्रदर्शनकारी साहले चेतावनीसमेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal