आज :

धनुषाको सतलोक आश्रममा विशाल भण्डारा, १२ जोडीले गरे दाइजोरहित सामूहिक विवाह

  • अनलाइन डबली

धनुषा । जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुले मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा १२ जोडीले दाइजोरहित सामूहिक विवाह गरेका छन् ।

पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गते तीन दिनसम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस एवम तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा समारोहमा दाइजोविरुद्धको अभियानका क्रममा १२ जोडीले सामूहिक विवाह गरेका हुन् ।

कार्यक्रमको दोस्रो दिन समाजलाई दाइजोमुक्त बनाउने संत रामपालजी अभियान अन्तर्गत सतलोक आश्रममा १२ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह गराइएको हो। धनुषाको मिथिला नगरपालिका २, बेलाचापी स्थित आश्रममा तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन माघ २५ गते शुक्रबार विभिन्न समाज सुधारका कार्यक्रमहरु भएका थिए ।

समाज सुधारक सन्त रामपालजीका अनुयायीहरुले हरेक वर्ष कबीर साहेब निर्वाण दिवस मनाउने गर्छन् । सो सिलसिलामा सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको अखण्ड पाठ गरी दाइजो तथा आडम्बरमुक्त विवाह गर्ने चलन रहेको अनुयायी ओमराज ढकालले जानकारी दिए ।

उक्त सामूहिक विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन भएको छैन भने बेहुला वा बेहुली दुवै पक्षको कुनै पनि खर्च नभएको, आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरिएको ढकालले बताए ।

समारोहमा १७ मिनेटको गुरुवाणीद्वारा ३३ करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षी राखेर दाइजोरहित विवाह भएको उनले बताए । विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित गरिने गरिएको पनि ढकालले जानकारी दिए ।

समाजबाट दाइजो कुप्रथालाई समाप्त पार्न रामपालजीको दाइजोमुक्त समाज अभियान अन्तर्गत विवाह गराइएको जानकारी आयोजकले दिएको हो । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भइरहेको आयोजक समितिका संयोजक कुमार दासले जानकारी गराए । सो अवसरमा अनुयायीहरुले नेपाल रेडक्रस सोसाइटीलाई ६३ युनिट रक्तदान पनि गरेका थिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत विशिष्ट व्यक्तित्वहरु, स्थानीय जनप्रतिनिधि, कर्मचारीहरु, डाक्टर तथा  इन्जिनियर साथै अनुयायीहरुको उपस्थिति थियो । सो अवसरमा आध्यात्मिक प्रदर्शनीहरुको पनि आयोजना गरिएको थियो ।

आश्रमको व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनको आगन्तुकहरुले प्रशंसा गरेका थिए । विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको बुनियाँ तथा हलुवा प्रसादका साथै रोटी, पूरी, सब्जी, सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको थियो।

माघ २६ गते तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न भएको छ । तीन दिनमा गरी करीब ६ लाख अनुयायी एवम श्रद्धालुहरु सहभागी भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal