हुम्ला । प्रेस सेन्टर हुम्लाले पनि आफ्नो २१ सौं स्थापना दिवसमा केक काटेर मनाएको छ । यो अवसरमा हुम्लाबाट तीन दशक लामो समयसम्म पत्रकारिता गरेका जेष्ठ पत्रकार हरीबहादुर रावतलाई सम्मान गरेको छ ।
नेकपा माओवादी केन्द्र हुम्लाको सभाकक्षमा मनाइएको प्रेस सेन्टरको २१ सौं स्थापना दिवशमा अन्य दलका शुभेच्छुक पत्रकारिताका संगठनहरु प्रेस युनियन, प्रेस चौतारीका साथै नेपाल पत्रकार महासंघका साथै विभिन्न सञ्चार माध्यमा कार्यरत सञ्चारकर्मीहरुको पनि उपस्थित रहेको जानकारी प्रेस सेन्टर हुम्लाका सचिव अविनाश लामाले दिएका छन् ।
उक्त नेकपा माओवादी केन्द्रका विभिन्न तहका कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो भने प्रेस युनियन, प्रेस चौतारी तथा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले समेत शुभकामना मन्तव्य राखेका थिए ।
पार्टीपंक्तीका विभिन्न नेताहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
यो कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर हुम्लाको अध्यक्ष तीलसरा विकको अयक्षतामा भएको थियो भने प्रमुख अतिथि प्रेस सेन्टर नेपालका सचिव अर्जुन बोहराको आतिथ्य भएको हो । यो कार्यक्रममा केन्द्रीय सचिव वोहरा प्रेस सेन्टर नेपालको ऐतिहासिक नालीबेली सहितको कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।


अनलाइन डबली


