आज : २०८२ बैशाख, १९

आयोगको आयोजनामा दुई दिने अभिमूखिकरण कार्यक्रम सुरु

  • अनलाइन डबली
  • २०८१ माघ १२ गते   ०४:४९ बजे

सुर्खेत । राष्ट्रिय दलित आयोगको आयोजनामा प्रदेश अन्तर्गत दुई दिने अभिमूखिकरण कार्यक्रम सुर्खेतमा स्थानीय तहका जनप्रतिनिधि र नेपाल प्रहरीका दलित सेलका कर्मचारीहरुका लागि कर्णाली प्रदेश अन्तर्गत दुई दिने अभिमूखिकरण कार्यक्रम आज माघ ११ गतेबाट सुरु भएको छ ।

अभिमुखीकरण कार्यक्रममा आयोगले सम्पादन गरेका कार्यहरू , स्थानीय तहमा योजना बजेट निर्माण प्रक्रियामा जनप्रतिनिधिहरुको भूमिका ,आयोगको रणनीतिक योजनाको मस्यौदामा सुझाव , प्रहरीको भूमिका , आयोगको कार्यक्षेत्र र स्थानीय तहको भूमिका सन्दर्भमा छलफल गर्ने राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्कीले जानकारी दिए।

कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कंडेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो भने उद्घाटन कार्यक्रमको अध्यक्षता आयोगका माननीय अध्यक्ष देवराज बिश्वकर्माले गरेका थिए । स्वागत मन्तव्य माननीय मेहेल पार्कीले गरेका थिए । कार्यक्रम संचालन राष्ट्रिय दलित आयोगका बिज्ञ सुशील बिकले गरेको थिए ।

उक्त उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री माननीय गमता बिक ,कर्णाली प्रदेशसभाका माननीय रणनसिं परियार , माननीय उर्मिला बिक , कर्णाली प्रदेश राष्ट्रिय मानवअधिकार आयोग कार्यालयका प्रमुख रमेशकुमार थापा , कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि नारायण डागीज्यू , दलित गैसस महासंघका राष्ट्रिय अध्यक्ष जेवी बिक , ईन्सेक प्रदेश प्रमुख नारायण सुवेदी , कर्णाली प्रदेश भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष पर्वसिं बिक नेपाल दलित मुक्तिमोर्चाका अध्यक्ष दिनेश चँदरा , नेपाल दलित मुक्ति संगठन ईन्चार्ज बसन्त बिक जिल्ला अधिकारी ,कर्णाली प्रदेशका जनप्रतिनिधि र जिल्लामा कार्यरत प्रहरी दलित सेल र पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal