
सुर्खेत । सामाजिक सञ्जाल फेसबुककमा विभेदपूर्ण टिप्पणी गर्नेलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ । बुधबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातीपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखकको महावु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना तिराउने फैसला गरेको हो ।
समग्र दलित समुदायमाथी अपमान तथा विभेद गर्नेगरी सिंहले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले गत साउन २२ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेकोमा बुधबार अदालतले उक्त फैसला गरेको हो ।