आज :

कोशी प्रदेशको पर्यटन तथा सुलभ हवाई यात्रा सेवा संचालनका विषयमा छलफल सम्पन्न

  • अनलाइन डबली

कोशी प्रदेशको पर्यटन तथा सुलभ हवाई यात्रा सेवा संचालनका विषयमा छलफल सम्पन्न भएको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी सहितको टोलीले कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्की संग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विराटनगरमा भेट गरी कोशी प्रदेशको पर्यटन तथा सुलभ हवाई यात्रा सेवा संचालनका विषयमा छलफल भएको हो  ।

उक्त अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी लगायत निगमका उच्च पदस्थ अधिकारीहरुलाई  प्रादेशिक हवाई उडानलाई व्यवस्थित गरी कोशी प्रदेशको हवाई उडान र पर्यटन विकासको अवधारणा प्रस्तुत गर्नु भएकोमा आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा कोशी प्रदेशको पर्यटन विकास तथा प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउनका लागि नेपाल वायुसेवा निगमसँगको सहकार्यमा प्रादेशिक हवाई उडान सम्बन्धी कार्यलाई अघि बढाउनका निमित्त कोशी प्रदेश सरकार र निगमले नयाँ जहाज खरिद, संचालन तथा व्यवस्थापनका सन्दर्भमा उपयुक्त मोडालिटी तय गर्न सकारात्मक छलफल भएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal