आज :

एनपीएलः पोखरामाथि काठमाडौंको फराकिलो जित

  • अनलाइन डबली

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए । काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । लेभिटले ३२ रन बनाए ।

भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाउँदा दिनेश खरेलले ३८ रनको योगदान दिए ।

दिलिप नाथ २७ र कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए । काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले समान ३–३ विकेट लिए । गेरहार्ड इरास्मसले एक विकेट लिन सफल भए ।

यस खेलमा विजयी काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । काठमाडौंले अन्तिम खेलमा आइतबार विराटनगर किंग्ससँग खेल्ने छ ।

पराजित पोखराको पनि प्लेअफ प्रवेसको अंक गणितीय सम्भावना कायमै रहेको छ । पोखराको अन्तिम खेलमा आइतबार सुदूरपश्चिम रोयल्स हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal