मंसीर २७ , काठमाडौँ ।
नेपाली धाराबाहिक नाटक श्रृङखला मनको बाँध प्रशारण हुने भएको छ । फोकस पिक्चर्स प्रालिले निर्माण गरेको धाराबाहिक नाटक श्रृङखला फोकस पिक्चर्स युट्यूब च्यानलमार्फत नियमित रुपमा प्रशारण आरम्भ हुनलागेको हो ।
नेपाली पारिवारिक परिवेशमा समर्पणभाव, फरक समाजभित्रको प्रेमकथा र मन भित्रको भावनालाई व्यक्त नगर्दा आइपर्ने समस्या र भोगाइ चित्रण गरिएको नाटक श्रृङखलाको पहिलो भाग २०८१ मंसीर २७ गते बिहीबार बेलुकी ७ः०० बजे प्रशारण हुने निर्देशक प्रदीप खड्गीले बताउनुभएको छ ।
यसअघि निर्देशक खड्गीले नेपाली ऐतिहासिक कथाबस्तुमा आधारित चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, थ्रिलर फिल्म अपीच्य, बहुभाषी नेपाली चलचित्र हिमआँधी लगायत निर्देशन गरिसक्नुभएको छ । खड्गी अध्यक्ष रहेको फोकस पिक्चर्सको व्यानरमा थुप्रै म्यूजिक भिडियो, भिडियो डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् ।
फोकस पिक्चर्स प्रा.लि.ले निर्माण गरेको यस धाराबाहिक नाटक श्रृङखलाको निर्देशन प्रदीप खड्गीको रहेको छ ।क्रियटिभ डाइरेक्टरमा सन्तोष के सी,कार्यकारी डाइरेक्टरमा आशिष शाही. ,प्रोड्युसरमा सन्नी शाही , सञ्चार संयोजकमा केके मानन्धर ,कथाकारमा दिवस खड्का रहेका छन् ।
यसै गरि कलाकारहरुमा श्रेया कर्माचार्य, दृष्टि थापा, सनिश शाक्य, प्रवीण बजगाईं, रवीन्द्र नेपाल, कृषला गुरुङ, विशेष भट्टराई, अविनेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, कृष्ण भक्त महर्जन, लक्ष्मी कुमार महर्जन, राजेन्द्र महर्जन, लोमन् सागर रेग्मीको भूमिका रहने छन् ।