सिङगो मुलुकलाई सघीय इकाईमा रुपान्तर गरी शक्ति बाडफाँडको सिद्धान्त अनुरुप राज्य सत्ता संचालन गर्ने राजनितिक विचारधार वा पद्धतिलाई सङ्घीयता भनिन्छ । संघीयता फेडेरेस ( Federation) अग्रजी शब्दको ल्यटिन भाषाको फोडास शब्दबाट आएको मानिन्छ । फेडेरेसन अर्थात संघको अर्थ सन्धी वा सम्झौता हुन्छ । संघीय राज्य भनेको दुई वा दुईभन्दा बढी संघीय इकाइहरु मिलेर सम्झौताबाट बनेका संघीय एकाइहरुको सरकार र संघीय एकाइ सरकार हुन्छन् । यी सरकारहरुबीच संविधानमा प्रष्टरुपले अधिकारहरुको विषयमा क्षेत्राधिकार तोकिएको हुन्छ ।
संघीयतालाई यस प्रकारले व्याख्या गरेको छ । “संघ एक प्रकारको सरकार हो जसमा शक्ति राष्ट्रहरुबीच बाँडफाँड गरिन्छ । यसको एकात्मक शासनसँग सम्झौता गर्दछ, जसमा एक केन्द्रीय अधिकारीले शक्ति र कन्फडेरेसन राख्छ जसमा राज्यहरु उदाहरणका लागि स्पष्ट रुपमा प्रभावशाली हुन्छन् वा संघीयता भनेको स्पष्ट रुपमा प्रभावशाली हुन्छन् वा संघीयता भनेको शासन प्रणाली हो जसमा देशमा रहेको सरकारी शत्ति केन्द्रीय सरकारहरु बीच साझा गरिन्छ र घटक क्षेत्रलाई सरकारको प्रणालीको रुपमा परिभाषित गरिएको छ जसमा घटक एकाइहरु र केन्द्रीय सरकार अर्थात यसको घटक राज्य र स्थानीय सरकार बीचको सरकारी शक्तिहरु बाँडिन्छन् । संघीयता दुई तहका सरकार हुन्छन, पहिलो समस्त देशको लागि कन्द्रीय (संघीय) सरकार र दोस्रो, स्थानीय क्षेत्रको लागि संघीय एकाइ (प्रादेशीक, स्थानीय) सरकार । सङ्घीय मुलुकहरुमा संघ र संघिय एकाइमा अलग–अलग संविधान हुने गर्छ । रुस, क्यानडा, अमेरिका, अष्टे«लिया, दक्षिण अफ्रिका, स्वीटजल्याण्ड, अष्टे«लिया आदी देशहरुमा अलग अलग संविधान छ ।
साथै झण्डा राज्यको प्रतिक चिन्ह समेत अलग—अलग हुन्छ । नेपाल, भारत, पाकिस्तान, मलेसिया, स्पेन, बेल्जीयम लगायत मुलुकहरुमा एउटै संविधानमा संघ र सङघीय व्यवस्था गरिएको छ । यसले भाषिक, सस्कृतिक, धार्मिक, जातिय, क्षेत्रिय एवं भौगोलिक विभिधता समेटी मुलुकलाई खण्डित हुनबाट जोगाउन राज्यलाई सँगै राख्ने विधि भनिन्छ । संघीय इकाईले आफ्नो स्वातन्त्र पहिचान र स्थापित सार्वभौम अधिकार कटौती नहुने गरी केही अधिकार सहमति र सम्झौता मार्फत संघलाई प्रदान गर्ने व्यावस्था नै “महासंघ” हो । ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि सन् १७७६ देखि १७८७ सम्म सयुक्त राज्य अमेरिका र सन् १२९१ देखि १८४८ सम्म स्वजीटजरल्याण्डमा यस्तै महासंघ थिए अहिलेको अवस्थामा युरोपियन संघलाई महासंघको नमुना मान्न सकिन्छ । विश्वमा १९५ राष्ट्रहरु मध्य १९३ सयुक्त राष्ट्र संघमा आवद्ध छन भने दुई राष्ट्र द होली सी र पालेस्टाइन सयुक्त राष्ट्र संघको सदस्य छैनन् । १९३ देश मध्येमा ३० देशको शासकीय प्रणाली संघीय ढाँचामा रहेको छ । संख्यात्मक हिसाबले र जनसंख्यको हिसाबले अल्पमत भार रहेका राष्ट्रहरुमा संघीयता व्यवस्था संचलनमा छन । समान्यतया ठुलो क्षेत्रफल भएका मलुकहरुलेले संघीय पद्धती अपनाएका छन । जसमा रुस, क्यानाडा, अमेरिका, ब्राजिल,अष्ट्रिेलिया, भारत, अर्जेन्टिना, जर्मन, दक्षिण अफ्रिका जस्ता देशले संघीय पद्धती अपनाएका छन । सानो तर ठुलो सामाजिक विविधता रहेका देशहरुले संघीय व्यवस्था अपनाएका हुन्छन । जस्तै सेन्ट किट्स एण्ड नेभिस, माइक्रोनेसिया, कोमोरस, नेपाल जस्ता देशहरुले संघीय व्यवस्था अपनाएका छन । उत्पादन र आम्दानीको दृष्टिकोणले सङ्घीय प्रणाली भएका देशहरु उच्च मध्यम, निम्न आय गर्ने तहमा पर्दछन । संघीय राज्यहरुले संसदीय, राष्ट्रपतिय तथा मिश्रित शासक प्रणली अपनाएका छन । चीन र सयुक्त राज्यमा एकात्मक प्रणाली भए पनि अभ्यास केहि संघीयताको बिशेषता रहेका छन ।
सङ्घीयता दुई किसिमबाट भएको पाइन्छ । स्वातन्त्र र स्वायत राज्यहरुले आपसी सहमती र सम्झौताबाट संघ निर्माण गरेर संघियता राज्य निर्माण गरेका हुन्छ । यसरी निर्माण गर्ने राज्यहरु स्वीटजरल्यान्ड, सयुक्त राज्य अमेरिका, अस्ट्रलिया, सोभियत संघ लगायतका पुरानापुरान संघिय मुलुकहरु पर्दछन् । यसलाई राज्यसँगै आउने आउने बिधि भनिन्छ । पहिले एकात्मक शासन व्यवस्था रहेका राज्यहरु समय क्रमसगै संघीय एकाईमा बिभाजित भई केन्द्र र संघीय एकाईवीच अधिकारको बाँडफाँड नयाँ संरचना भएका मुलुक पर्दछन । जसमा भारत स्पेन, बेल्जीयम, अष्टिेलिया आदी पर्दछन ।
संघीयतामा आफ्ना अधिकार प्राप्त हुन्छन । विपरित केन्द्रले संघिय एकाईमाथि हस्ताक्षेप गर्न सक्ने व्यास्थालाई “अर्धसंघात्मक” भनिन्छ । (नेपाल, भारत, पाकीस्तान, मलेसिया आदी मुलुकहरु यहि श्रेणीमा पर्दछन ।) सरकारको भुमीका न्युन वा गौण र संघीय एकाईको भुमीका बढी महत्व पुर्ण अवस्थालई “प्रतिस्पर्धात्मक” संघीयता भनिन्छ । सरकारले नै संघीय व्यावस्थापन र प्रदेशी ब्यावस्थापन गर्छ भने त्यसलाई “पिडक सङ्घीयता” भनिन्छ । सङ्घीय एकाइले केन्द्रीय सरकारको अनुमति वा केन्द्रीय सकार अधिकार प्राप्त गर्दछ भने त्यसलाई “अनुमतीय” सङ्घीयता भनिन्छ । संघ र सङ्घीय एकाइ मिलेर वा दुवै सरकार सयुक्त रुपमा योजना तथा कार्यक्रम संचालन गर्ने विधिलाई “सहकारी सङ्घीयता” भनिन्छ । (यो जर्मनी, भेनेजुयला, इथियोपिया, दक्षिण अफ्रिका, बेल्जियम आदी देशमा लागु गरिएको छ ।)
सङघीय लागु भएका मुलुहरुमा निम्न प्रकारको संरचना छन
१. अर्जेन्टिना : यसको भुगोल १७,८०,४०० वर्ग कि.मी छ । सरकार, सङघीय प्रणलीकोको ढाँचाभित्र, राष्ट्रियपतिय प्रतिनिधिमुलक लोतन्त्रिक गणतन्त्र मुलुक हो । यहाँ कार्यकारी अधिकार राष्ट्रपतिद्धारा प्रयोग न्यापालिका, कार्यपालिका, व्यवस्थापिका स्वातन्त्र हुन्छ । यसको २४ वटा संघीय प्रान्तहरु छन । भने यसको राजधानी ब्यूनस आयर्स हो पेसो मुद्रा हो ।
२. अस्ट्रेलिया : यसको भौगोलिक क्षेत्रफल ७६,१७,९३० वर्ग कि.मी छ सरकार संङ्घीय संसदीय संविधानिक राजन्त्र सहितको राष्ट्रिय सरकार छ । यहाँ कार्यकारी (प्रधानमन्त्री, मन्त्रीहरु, र सरकार बिभागहरु) बिधायीका (संसद) र न्यायपालिका राज्य र प्रादेशिक सरकार पनि संसदीय सरकार एउटै सिद्धान्तमा आधारित हुन्छन । यसमा २ क्षेत्र ६ राज्य छन संघिय राजधानी क्यानबेरी हो । मुद्रा अष्ट्रलियन डलर कारोवार हुन्छ ।
३. अष्ट्रिया : यसको क्षेत्रफल ८३,८७१ वर्ग कि.मी छ । यो एक लोकतन्त्रीक गणतन्त्र मलुक हो । यो युरोपको दक्षिण भागमा अवस्थित भुपरिवेष्टीक देश हो । यहाँ ९ वटा संघीय राज्यहरु महासंघ छन । संघिय राजधानी भियना हो । सन् १९९५ देखि युरोपेली संघको सदस्य राष्ट्र हो ।
४. बेल्जियम : यसको भौगोलिक क्षेत्रफल ३०,५२८ वर्ग कि.मी छ सरकार संङ्घीय प्रतिनिधि मुलुक लोकतान्त्रिक सैधानिक राजतन्त्र ढाचाँमा छ । बहुदलिय प्रधानमन्त्री प्रणली सरकार प्रमुख हुन्छ । राजधानी ब्रसेल्स हो । मुद्रा युरो हो । यहाँ ३ क्षेत्र र १० प्रान्तहरुमा संघिय निर्माण गरिएको छ ।
५.बोस्निया–हर्जगोभिना : यसको भौगोलिक क्षेत्रफल ५१,२०९ वर्ग कि.मी छ । यो बोस्निया–हर्जगोभिना संघ, राज्य भित्रका दुई सस्थाको मध्य एउटा हो । यहाँ आ–आफ्नै सरकार हुन्छ । जसलाई प्रधान मन्त्रीले नेतृत्व गर्दछ । महाँसघमा राजधानी, सरकार, राष्ट्रपति, संसद, भन्सार, प्रहरी विभाग र दुईवटा हुलाक संयनत्र छन । यसको राजधानी साराजेभो हो भने १ वटा संघ र १० वटा क्यान्टोन वनाइएको छ ।
६ ब्राजिल: यसको कुल क्षेत्रफल ८५,१४,८७७ वर्ग कि.मि छ । यो क्षेत्रफको हिसावले बिश्वको पाचौ र जनसंख्याको हिसावले सातौ देश हो । यहाँ एक संघीय राष्ट्रपति संवैधानिक गणतन्त्र हो, जुन प्रनिनिधि मुलक लोतन्त्रमा आधारित छ । संघीय सरकारमा ३ वटा स्वातन्त्र शाखा छन न्यायपलिका, कार्यपालिका र व्यवस्थापिका । यहाँ कार्यकारी राष्ट्रपति हुन्छ । राज्य प्रमुख र सरकार प्रमुख दुबैको अधिकार निहि हुन्छ । सङ्घीय सविधान सर्वच कानुन हो । यहाँ पाँच क्षेत्रर २६ राज्य र एक संघिय जिल्लामा प्रशासनिकरुपले बिभाजित छ ।
७. क्यानडा: यसको भौगोलिक क्षेत्रफल ९९,८४,६७० वर्ग कि.मि छ । सुदुर उत्तर तीनवटा प्रदेशि सकारहरु पनि छन , जसमा संघीय संसदद्धारा प्रत्यायोजित क्षेत्रद्धारा प्रत्यायोजित शक्तिहरु प्रयोग गर्दछन । यहाँ ३ क्षेत्रहरु र १० प्रान्तहरुमा संघीय संरचना बनाइएको छ ।
८. कोमोरोस: तीवटा टापुहरु मिलेर निर्माण भएको छ । यसको भौगोलिक क्षेत्रफल १,८६१ वर्ग कि.मी. छ । संघको राजनिति सङघीय राष्ट्रपति गणतन्त्रको ढाचामा हुन्छ । कार्यकारी राष्ट्रपति हुन्छ सरकार प्रमुख र राज्य प्रमुख दुवै राष्ट्रपति हुन्छ । वहुदलिय प्रणलीमा संचालित छ, सङघीय व्यावस्थापिकाको शक्ति सरकार र संसद दुवै निहित हुन्छ । यसमा ४ द्धीप (टापु) मिलेर सङघीय मुलुक निर्माण भएको छ । यसको राजधानी मोरोनी हो ।
९ लोतनन्त्रिक गणतन्त्र कंगो ः यसको भौगोलिक क्षेत्रफल २३,४५,४०९ वर्ग कि.मी छ । सन् २०१५ मा जनमतसंग्रह र नयाँ संविधानको अनमोदन पछि कंगो एक अर्ध–राष्ट्रपति गणतन्त्र वनेको छ । यहाँ कार्यकारी शक्ति राष्ट्रपति राज्य प्रमुख र प्रधानमन्त्री सरकार प्रमुख हुन्छ । भने वहुदलिय प्रणली अन्तरगत चुनावी प्रतिस्पर्धा हुन्छ । यहाँ १५ प्रान्तहरु छन भने किन्शासा हो मुद्रा कंगोलिस फ्रान्क हो ।
१०ं इथापिया ः यसको भौगोलिक क्षेत्रफल ११,०४,३०० वर्ग कि.मी छ । यहाँ सङघीय संसद गणतन्त्रको ढाँचामा संचालित छ । कार्यकारी अधिकार प्रधानमन्त्री हुन्छ । सङघीय संसद सदनले प्रधानमन्त्री चयन गर्छ, सङघीय व्यावस्थापिका शक्ति सरकार र संसद दुबै निहित हुन्छ । न्यायपालिक, व्यास्थापिका र कार्यपालिका तीन अङ्ग स्वातन्त्र हुन्छ । जनप्रतिनिधिको सभा प्रत्यक्ष निर्वाचनवाटनिर्वाचित हुन्छन, जसले ६ वर्ष कार्यकालका लागि राष्ट्रपति छनोट गर्दछ । यहाँ ९ क्षेत्र र २ चाटर्ड शहर निधारण गरेको छ मुलुकीय राजधानी अदिस अवावा हो मुद्रा इयिोपियन वीर हो ।
११. जर्मनी ः यसको भौगोलिक क्षेत्रफल ३,५७,०२२ वर्ग कि.मि छ । लोकतान्त्रित, संघीय संसदीय गणतन्त्र, मध्य युरोपको एक देश हो । सङघीय प्रणली सन् १९४९ देखि किस्चियन डेमोक्रेटिक युनियन र सासल डेमोक्रेटिक पाटी अफ जर्मनको प्रभुत्व रहेको छ । न्यायपालिक, व्यास्थापिका र कार्यपालिका तीन अङ्ग स्वातन्त्र हुन्छ संघीय र राज्य स्तरमा न्यायपालिक,व्यास्थापिका र कार्यपालिका बीच शक्ति बाँडफाँ गरिएको हुन्छ । यहाँ प्रसाशनिक रुपमा १६ राज्यहरु छन । देशको राजधानी बर्लिन हो । मुद्रा युरो हो । न्यायपालिक, व्यास्थापिका र कार्यपालिका तीन अङ्ग स्वातन्त्र हुन्छ संघीय र राज्य स्तरमा न्यायपालिक,
१२. भारत: यसको भौगोलिक क्षेत्रफल ३२,८७,२६३ वर्ग कि.मी छ । यो सन् १९५० देखि सङघीय गणतन्त्र भएको हो । बहुलवादी,बहुभाषिक र बहुजातिय यो सङ्घीयमुलुक लोकतन्त्रित सङ्घीय प्रणाली मार्फत शासित छ । कार्यकारी प्रधानमन्त्री हुन्छ सरकार प्रमुखको काम गर्छ राष्ट्रपति राज्य प्रमुख हुन्छ । संसदवाट चयन गरिन्छ । न्यायपालिक, व्यास्थापिका र कार्यपालिका तीन अङ्ग स्वातन्त्र हुन्छ । यहाँ केन्द्र शासित प्रदेशहरु एकात्मक प्रकारका हुन्छन, र प्रत्यक्ष रुपमा केन्द्र सरकारद्धारा शासित हुन्छन । यहाँ २९ प्रदेश गठन गरिएको छ भने सङघीय राजधानी नयाँ डिल्ली हो, मुद्रा भारतीय रुपैया हो ।
१३. इराक: यसको भौगोलिक क्षेत्रफल ४,३८,३१७ वर्ग कि.मी छ । यो सङघीय लोतन्त्रिक गणतन्त्र हो । यो एक बहुदलिय प्रणली हो । सन् १९९२ सङ्घीय संरचना निर्माण भएको हो । प्रधानमन्त्री सरकार प्रमुख कार्यकारी अधिकार हुन्छ । राष्ट्रपति राज्य प्रमुखको रुपमा कार्य गर्दछ । न्यायपालिक, व्यास्थापिका र कार्यपालिका तीन अङ्ग स्वातन्त्र हुन्छ । यहाँ संघीय संरचना १८ (प्रान्त) गभरनेट्स रहेका छन । संघीय राजधानी बग्दाद हो, मुद्रा इराकी दिनार हो ।
१४ मलेसिया: यसको भौगोलीक क्षेत्रफल ३,२९,८४७ वर्ग कि.मि छ । यहाँ सरकार अधिकार राजतन्त्र निहित छ । सङ्घीय सरकार अवस्थित शाखाको अपबाद बाहेक पुत्रजन्याको सङ्घीय क्षेत्रमा आधारित छ । यहाँ न्यायपालिक, व्यास्थापिका र कार्यपालिका तीन अङ्ग छन । यहाँ संघिय क्षेत्र ३ र राज्य १३ वटा छन सङ्घीय राजधानी कुवलालम्पुर हो, मुद्रा रिङ्गिट हो ।
१५. मेक्सिको: यसको कुल क्षेत्रफल १९,७२,५५० वर्ग कि.मी. छ । सङ्घीय सरकार वा सयुक्तत मेक्सियो राज्यहरुको राष्ट्रिय सरकार हो । सन् १९१७ मा सयुक्त राज्इको विधान लागु गरियो । संघिय निर्मा भएको हो कार्यकारी अधिकार राष्ट्रपति र उनले मन्त्रिपरिषदले गर्छ । सङ्घीय सरकारको तीन अङ्गहरुछन । कायकारी, बिधायी र न्यायिक । यहाँ ३२ वटा राज्य छन भने केन्द्रीय राजधानी मेक्सिको सिटी हो, मुद्रा मेक्सिकन पेसो हो ।
१६. माइक्रोनेसिया: यसको भौगोलिक क्षेत्रफल २७०० वर्ग कि.मी छ । १९७९ मे १० मा आफ्नै सिविधानिक सरकार गठन ग¥यो र स्वातन्त्र प्राप्त गरेको हो । यो भन्दा पहिले ँक्ः पहिले ट्रस्ट टेरिटोरी अफ द प्यासिफिक टापुको एक हिस्सा थियो, सयुक्त राष्ट्रसंघ ट्रस क्षेत्र अमेरिकी प्रशासन अन्तरगत थियो । यसका ४ राज्य छन, सङघीय राजधानी पलिकिर हो । मुद्रा अमेरिकी डलरमा कारोवार हुन्छ ।
१७. नाइजेरिया: यसको भौगोलिक क्षेत्रफल ९,२३,७६९ वर्ग कि.मी छ यो सङ्घीय गणतन्त्र मुलुक हो । कार्यकारी शक्ति राष्ट्रपति हुन्छ । सन् १९१४ मा सर फ्रडरिक लाड लगार्डले संरक्षणका लागि उत्तरी र दक्षिणी दुई ध्रुवीय क्षेत्रलाई एउटै मिलाउने सन्दर्भमा सङ्यीताको बिकास भएको हो । भने १९६० मा ब्रिटिस औपनिबेशिक शासनवाट स्वातन्त्र भयो । सन् १९९९ मा सङ्घीय सविधान जारी गर्दै यो मलुक विधिवत् रुपले सङ्घीयतामा प्रवेश ग¥यो । अहिले ३६ वटा सङ्घीय राज्य छन् केन्द्रीय राजधानी अबुजा हो भने मुद्रा नाइरा हो ।
१८ पाकिस्तान: यसको भौगोलिक क्षेत्रफल ८,८१,९१३ वर्ग कि.मी छ । एक संसदीय लोकतान्त्रिक गणतन्त्र, सबैधानिक रुपमा इस्लामिक गणतन्त्र पाकिस्तान भनिन्छ । यहाँ ४ प्रान्त, २ स्वत क्षेत्रहरु र १ सङ्घीय क्षेत्र छ । सङ्घीय राज्य इस्लामाबाद हो, पाकिस्तानि रुपैया मुद्रा हो ।
१९. पपुवा न्यू गिनि: यसको कौगोलिक क्षेत्रफल ४,६२,८४० वर्ग कि.मी छ । यहाँ ३ तहको सरकार छ राष्ट्रिय,प्रान्तिय र स्थानीय सार्वभौमी मतधिकार अधिकार पाँच वर्षको लागि निर्वाचन हुन्छ । संसद प्रस्तामा गर्भनर जनरलबाट प्रधामन्त्री नियुक्त र बर्खात हुन्छ । मन्त्रिपसिदलाई प्रधानमन्त्रीको सिफारिसमा गभर्नर जनरलवाट नियुक्त हुन्छ । सर्वाच अदालत, राष्ट्रिय अदालत, स्थानीय अदालतहरु स्वतन्त्र न्यायपालिका गठन हुन्छ । यसको २२ वटा प्रन्तहरु छन । राजधानी पोर्टमोररुवी हो, भने मुद्रा पपुवन.ा न्यु गिनिया हो ।
२०. पलाउ (बेलाउ): यसको भौगोलिका क्षेत्रफल ४६६ वर्ग कि.मी छ । आशोनिया भागमा अवस्थित पलनउ आधिकारिक रुपमा पलनउ गणतन्त्र र ऐतिहासिक रुपमा बेलाउ पश्चिमी प्रशान्त महासगारको टपु हो १३० भन्दा बढी टापु छन् । यसमा १६ राज्य छन् । राजधानि न्यगरुलमुड हो भने मुद्रा यु.एस डलर हो ।
२१. रुस: पुर्वी युरोप र उत्तर एसियामा फैलिएको एक अन्तर महादिप देश हो यो संसारको सवैभन्दा ठुलो देश हो । यसको भौगोलिक क्षेत्रफल १,७१,९८,२४६ वर्ग कि.मी छ । सन् १९१४ मा क्रिमियालाई आफसग गाभेर यसको क्षेत्रफल १,१७,२५,०१९ रहेको छ । यो सं गणतन्त्रमा क्राइस, ओब्लास्ट, सङ्घीय महत्व शहरहरु, एक स्वायत ओब्लास्टर स्वायत ओक्रगहरु समावेस छन, यी सवै रुस संघका सामान बिषय हुन । सङ्घको महत्व त्ीन रुसी शहरहरु (मस्को,सेन्ट पिटर्सवर्ग र सेभास्टोलपोल ) दवै शहरको स्थिति र छुटै सङघीय बिषय हुन जसमा प्रत्यक सङ्घीय सहर भित्रका अन्य शहरहरु समावेश छन । यहाँ प्रत्येक सङ्घीय एकाइको आफ्नै प्रमुख संसद र सवैधानिक अदालद हुन्छ । प्रत्यक सङ्घीय एकाइको आ–आफ्नो सविधान र कानुन हुन्छ । सङघीय सरकारी निकायहरुसँग सम्वन्धी विषयहरुमा समान अधिकार हुन्छ । यहाँ ओलास्ट्समा ४६ रिपब्लिक स्टे्स २२ , क्रजमा ९, अटोनमस ओक्रग्समा ४, फेडेरल सिटिज ३, ओनमस ओवलस्टमा ३ संरचना खाडा गरिएको छ । मलुकिय सङघीय राजधानी मस्को हो भने मुद्रा रुसी रुवल हो ।
२२. सैन्ट किट्स एण्ड नेभिक: यसको भौगोलिक क्षेत्रफल २६१ वर्ग कि.मि छ । सन १८८२ देखि १९८३ सम्म वेस्ट इन्जिको ब्रिटिस उपनिबेशका थिए । जसलाई सेन्ट किस्टोल नेभिक भनिन्छ । यो अमेरिकी महादेश अन्तरगत पर्दछ । यहाँ १४ वटा परिसेज छन । सङ्घीय राजधानी बस्सेतेरी हो भने मुद्रा इस्ट क्यारेवियन डलर हो ।
२३. दक्षिण अफ्रिका: यसको भौगोलिक क्षेत्रफल १२,२१,०३७ वर्ग कि.मी छ । यो संसदीय गणतन्त्रात्मक प्रयाली अवलम्वन गरेको सङघीय मुलुक हो विधायीक अधिकार जनप्रनिनिधि सांसदमा निहित छ । कार्यकारी अधिकार राष्ट्रपति निहित हुन्छन जो राज्इ प्रमु सरकार प्रमुख हुन्छ । यहा तीन तहको सरकार स्वतन्त्र न्यायपलिका हुन्छ । यहाँको सरकार अन्य राष्ट्रकोभन्दा फरक छ । सरबारको राष्ट्रिय, प्रान्तीय र स्थानीय स्तरहरु सवैसँग आफ्नै क्षेत्रमा विधायीका र कार्यकारी अधिकार छ यहाँको सविधानमा अधिकारवारे “विशिष्ट अन्रनिर्भर र अन्तर सम्वधित” को रुपमा परिभाषित गरिएको छ । राष्ट्रिय सरकार तीन अन्तरसम्वन्धीत शाखाहरु मिलेर बनेको हुन्छ । व्यवस्थापिका, कार्यपालिक र न्याय पलिका सरकारका अङ्ग हुन । सङ्घीय मुलुकमा ९ प्रान्तमा बिभक्त छ । प्रिटोरिया, कार्यकारी, केप टाउन विधायक, ब्लोफन्टेन, न्यायिक राजधानी शहर हुन । मुद्रा अफ्रिकन रान्ड हो ।
२४. स्पेन: यसको भौगोलिक क्षेत्रफल ५,०५,९९० वर्ग कि.मी छ । यसको राजनितिक प्रणाली बहुदलिय प्रणली हो । सन १९७८ को सविधानले ढाचाँ स्थापित गरेको हो । यो सामाजिक र लोकतन्त्रिक सार्वभौम देश हो । राष्ट्रिय सार्वभौमसत्ता जनतामा निहित छ, जसवाट राज्य शक्ति प्राप्त गर्छ । सरकारको रुपमा संसदीय राजतन्त्रहो अर्थातसमाजिक प्रतिनिधि लोकतान्त्रिक राजतन्त्र जसमा राजा राज्य प्रमुख हुन्छ । जबकी प्रधानमन्त्री जसको अकिकारिक शीर्षक “ सरकारको राष्ट्रपति” हो । सरकारद्धार कार्यकारी शक्ति प्रयोग गरिन्छ । जसलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री, र अन्य मन्त्रीहरुले एकीकृत रुपमा मन्त्री परिशदगठन गर्छन । न्यायपालिका, कार्यपालिका र ब्यावस्थापिका स्वतन्त्र हुन्छ । राजाको तफवाट न्यायधिसरमजिस्ट्रटहरुद्धारा न्याय प्रशासित गर्दछ । प्रत्येक स्वायत समुदाय र स्वायत शहरको सरकारको रुप पनि संसदीय प्रणली हुन्छ, जसमा कार्यकारी शक्ति “राष्ट्रपति” र मन्त्रीपरिसदमा निहित हुन्छ । जो एक सदनात्मक बिधान सभाद्धार निर्वाचित र जिम्मेवार हुन्छ । यहाँ ५० प्रान्तहरु सङ्घीय निधारण गरिएको छ । ेशको राजधानि म्याड्रिड हो भने मुद्रा युरो प्रचलित छ ।
२५. सुडान: यसको भौगोलिक क्षेत्रफल १८,८६,०६८ वर्ग कि.मी छ । यो गयातन्त्र उत्तर पुर्वी अफ्रिका देश हो । यसको १८ वटा सङ्घीय राज्य छन सङ्घीय राजधानी खार्तुम हो भने मुद्रा सुडानी पाउन्ड हो ।
२६ स्वीट्रल्याण्ड: यसको भौगोलिक क्षेत्रफल ४१,२८५ वर्ग कि.मी छ । सन् २०१९ मा यसलाई पुर्ण स्वतन्त्र मानिएको हो । यसको सङ्घीय धिायीकका शक्तिसङ्घीय सभा दुईमा कक्षहरुमा निहित छ राष्ट्रिय परिषद र राज्य परिषद सङ्घीय परिषदसँगकार्यकारी शक्ति छ र सङ्घीय सभाद्धारा निर्वाचित सात शक्ति बाँडफाँड गर्ने सङ्घीय काउन्सिलरहरु मिलेर बनेको छ । न्यायिक शाखा सङ्घीय सर्वाेच्च अदालदको नेतृत्व छ, जसमा न्याधिसहरु सङ्घीय सभाद्धारा चुनिन्छन् । प्रत्यक लोकतन्त्रको परम्परा छ । संविधानमा कुनै पनि परिवर्तनको लागि एक जनमत संग्रह अनिवार्य छ । यहाँ २६ क्यानटोनहरु छन । सङ्घीय राजधानी बर्न हो, मुद्रा स्वीस फ्रान्क हो ।
२७. सयुक्त अरब इमिरेट्स ः यसको भौगोलिक क्षेत्रफल ८३,६०० वर्ग कि.मी छ । यो सात संबैधानिक राजतन्त्रहरुको संघ हो । माधिबेशन अनुसार, आवुधावीका शासक संक्तुत अरव इमिरेट्सका राष्ट्रपति (राष्ट्रपति उपाधि धारण गरे पनि देशमा राष्ट्रपति गणतन्त्रको रुपमा शासित छैन ) राज्य प्रमुख र दुवर्यकाशासक सयुक्त अरव इमिरेट्सकाा सरकार प्रमुख र प्रधानमन्त्री हुन्छ । यहाँ अधिनायकवादी राज्य छ । यसलाई ‘आदीवासी निरंकशता’ को रुपमा वर्णन गरिएको छ । जहाँ सात सवैधानिक राजतन्त्रको नेतृत्व आदीवासी शासकहरुले निरंकुश ढाँचाले गर्छन । त्यहाँ लोकतन्त्रिक रुपमा निर्वाचित सस्था छैनन् । स्वातन्त्र अभिव्याक्तिको लगि कुनै औपचारिक प्रतिवद्धता छैन । यहाँ स्वतन्त्र ७ इमिराती मुलुक छन । केन्द्रीय राजधानी अबुदायी हो, भने मुद्रा सयुक्त अरब इमिरेट्स दिर्हाम प्रचलिा छ ।
२८. अमेरिका: यसको भौगोेलिक क्षेत्रफल ३७,९६,७४२ वर्ग कि.मी छ । यो उत्तर अमेरिकामा अवस्थित एक अन्तरमहाद्धिपीय देश हो । यसमा एउटा सङ्घीय जिल्ला भित्रको एउटा शहर, ५ वटा प्रमुख स्वशासित क्षेत्रहरु र नौ साना बाहिरी टापुहरु छन् । सङ्घीय सरकार कहिलेकाहि केवल वासिंगटन भनेर चिनिन्छ । ती अलग–अलग शाखा मिलेर बनेको छ । विधायिक कार्यकारी र न्यायिक, जसको शक्तिहरु अमेरिकी सविधानद्धारा क्रमस राजनैतिक गठन, राष्ट्रपति र सङ्घीय अदालदहरुमा निहित छ । यहाँ ५० राज्यहरु छन राष्ट्रिय राजधानी वाशिङ्गटन डि.सी हो, भने मुद्रा यु.एस. डलर आधिकारीत छ ।
२९. भनेजुएला ः यसको भौगोलिक क्षेत्रफल ९,१६,४४५ वर्ग कि.मी छ । यो सङ्घीय राष्ट्रपतिय गणतान्त्रात्मक मुलुक हो । यहाँ कार्यकारी अधिकार राष्ट्रपति हुन्छ, जो राज्य प्रमु पनि र सरकार प्रमुख दुवै हुन्छ । विधायिकाको अधिकार राष्ट्रिय सभा हुन्छ । प्रशासनिक रुपमा २३ राज्य छन भने १ संघिय राजधानी छ राजधान्ी कराकर हो भने मुद्रा भेजेजुयला बोलिभर हो ।
३० नेपाल: यसको भौगोलिक क्षेत्रफल १,४७, १८१ वर्ग कि.मी छ । यहाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रत्मक शासन व्यावस्था छ । सबैको समान पहुँच, प्रतिनिधित्व र समावेशी अवधारणा अवलम्बन गरी राज्यले सोहीअनुरुप नीति, कार्यक्रम निर्धारण गरी कार्यान्वयनमा रहेको छ । एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ । यो भुपरिवेष्टी मुलुक हो । यहाँ कार्यकारी प्रधानमन्त्री सरकार प्रमुख पनि उही हुन्छ । र राष्ट्रप्रमुख राष्ट्रपति शासन प्रणलीमा छ । पाँच वर्ष जननिर्वाचित हुन्छ । संसद निहित सरकार प्रमुख छानिन्छ । तीन तहको सरकार हुन्छ स्थानीय, प्रदेश र केन्द्र सम्पुर्ण अधिकार केन्द्रीय सरकारको हुन्छ । कार्यपलिका, न्यायपलिका, व्यावस्थापिका स्वातन्त्र हुन्छ । यहाँ ७ प्रदेश छन भने केन्द्री राजधानी काठमाडौ हो भने मुद्रा नेपाली नेरु प्रचलीत छ ।