![](https://onlinedabali.com/wp-content/uploads/2024/11/f3d67efc-6a61-4012-ac0b-b83cb4089f71-m.jpg)
काठमाडौ /
प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा आजबाट प्रतियोगिता शुरु भएको हो ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको प्रतियोगिता शनिवार सञ्चार उद्यमी भाष्करराज राजकर्णीकार र रघुवीर भक्त मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी कूल १४ तौल समूह रहेका र १ सय ९४ खेलाडी प्रतिस्पर्धामा उत्रिएका नेपाल एकायन कराँते सङ्घका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले बताएका छन् । यस प्रतियोगितामा काठमाडौँ महानगरपालिका भित्र सञ्चालित नेपाल एकायन कराँते सङ्घका विभिन्न शाखा तथा विद्यालय प्रशिक्षण केन्द्रहरूका खेलाडीले सहभागिता जनाएका उनले जानकारी दिए। प्रतियोगिताको भोलि शनिबार बिजयी खलाडीहरुलाई पदक वितरण गरि समापन गरिने बताइएको छ ।
प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने खेलाडीहरुलाई नगद तथा मेडलबाट सम्मान गरिने आयोजकको भनाइ छ । समापन समारोहमा भने काठमाडौ महानगरकि उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यता रहने आयोजकको भनाइ छ ।
नेपाल एकायन कराँते सङ्घ २०७२ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हो । विगतमा विभिन्न राष्ट्रिय लगायत इन्डो–नेपाल र दक्षिण एसियाली एकायन प्रतियोगिता सम्पन्न गरिसकेको बताउनुहुँदै अब आगामी पुसमा एसियाली एकायन कराँते च्याम्पियन्सीपको आयोजना गर्ने तयारी गरिरहेको संघका सल्लाहकार शशि कपालीले जनाएका छन् ।
आजका फोटोहरु –