काठमाडौं । दुर्घटनाबाट गम्भिर घाइते भएर काठमाडौंको ट्रम सेन्टरमा उपचाररत किसन नेपालीको उपचारका लागि कर्णाली एकता समाजले अपिल गरेको छ । शनिबार काठमाडौंको संवाद डबलीमा देउसी–भैलो कार्यक्रमलाई सहयोग गर्ने व्यक्तित्वहरुको सम्मानका लागि गरिएको कार्यक्रमा सो अपिल गरेको हो ।
हुम्ला जिल्ला अदानचुली गा.पा. ३ निवासी नेपाली मोटरसाईकल दुर्घटनाबाट गम्भिर घाईते भएर उपचार गराईरहेको र आर्थि अभावका कारण उपचारमा बाधा पुगेको किसनका पिता चस्बिर नेपालीले बताएका छन् । किसन नेपालीको उपचार सहयोगको लागि कर्णाली एकता समाजबाट रु ७ हजार र बांकी कार्यक्रममा सहभागी १५ जनाले रु २६ हजार ५५ रुपैयाँ सहयोग स्वरुप कार्यक्रममै हस्तान्तरण गरेको हो ।
सहयो गर्ने दाताहरु
१) भैरव भण्डारी ३००५, २)तुलसी भण्डारी ३०००, ३) सन्तोस शाही २५००, ४) हर्क बहादुर बुढा २०००, ५) जयराज मल्ल १०००, ६) बालकृष्ण रोकाया १०००, ७) हरि रावल १०००, ८) संगिता बडुवाल १०००, ९) हिरा ढकाल १०००, १०) कमला मल्ल शाही १०००, ११) देविलाल रावल ५५०, १२ मदन बहादुर बुढा ५००, १३) भरत रावत ५००, १४) धान्र्या शाही ५००, १५) पदम बुमी ५०० गरेर जम्मा २६ हजार ५५ र कर्णाली एकता समाजले ७ हजार रुपैयाँ किसनको उपचारको लागि बुबा चस्विर नेपालीलाई हस्तान्तरण गरिएको छ ।
साथै किसनको उपचारको लागि ग्लोबल आईएमई बैंकमा विरामीका भाई सर्जन नेपालीको नाममा रहेको खाता नम्बर: २७९०७०१०००२९१२ तथा तलाको क्यूआर कोडमा हालेर सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं । साथै सम्पर्कका लागि बुबा चस्बिर नेपालीको नम्बर 9866535928 मा सम्पर्क गर्न अनुरोधसहित ।