आज :

सिंह सार्थ बाहु संग जोडिएको इतिहास

  • बुद्धशरण शाही

आख्यान अनुसार , राजा गुनकामदेबको कुलमा जन्मिएका सार्थ बाहु नामका प्रख्यात ब्यापारी पांच सय ब्यापारीका साथ तिब्बत व्यापारमा गए । फर्कदा एक अनकन्टार एकान्त ठाउमा निकै राम्री राम्री युवतिले ब्यापारी आफ्नो प्रेम जालमा पारे । यसबाट दंग दास व्यापारीहरु युवतीको चुन्गलमा फसे तर सिंह सार्थ बाहुलाइ राति हुदै जाँदा आफूसंगै आएका ब्यापारी साथीहरु एक एक गरि हराउदै गएको सुइको पाए । ख्ज्ने क्रममा उनीहरुको आभूषण, गरगहना र हड्डी मात्र देखे पछी आफु सहित बाकि रहेकाहरु लाइ उद्दार गरिदिन आर्यालोकेश्वर करुमय ( रातो मछेन्द्रनाथ ) लाइ गुहारे । करुणामयले सतर्क गराउदै भने छन् , ‘ ति सुन्दरीहरु यक्षनि ( राक्षसनि ) हरु हुन् तीबाट बच्न नेपाल आउने बाटोमा पर्ने समुन्द्र सेतो घोडा हुने छ , समुद्र तर्ने बेला ति यक्षनि हरुले जालमा पारी जतिसुकै बोलाए पनि पछाडि फर्किएर नहेर्नु । ’ उक्त कुरा बनियापीहरुलाई पनि बताए ।  समुद्र तटमा पुगेका ब्यापारीहरुलाई ती सुन्दरीहरू बोलाउन थाले , मन थाम्न नसकी पछाडि फर्किएर हेर्दा एक – एक गर्दै सबै ब्यापरी समुद्रमा खसेर यक्षनिको आहारा बने ।
नेपाल फर्किन सफल एक मात्र सिंहसार्थबाहसँग पनि एउटी रूपवती पक्षीसँगै आइपुगेकी रहिछिन् । अत्यधिक सुन्दरी ती यक्षिणीबाट मोहित हुँदै तत्कालीन राजा सिंह केतुले यक्षक्षिणीलाई दरवारमा नै रखौटीका रूपमा राखिदिए । मौका छोपी ती पक्षिणीले अन्य सन्गिनीलाई पनि बोलाई राजाको हत्या गरी खाइदिए । यस्तो बीभत्स स्थिति सुनी सिंहसार्थवाह राजस्थनगरी दरवार पुग्दा अवलोकितेश्वरको प्रभावका कारण पक्षिणीहरू भागाभाग गर्न लागे ।
दरवारलाई मान्छे खाने यक्षिणी मुक्त गराएका कारण प्रभावित भई सम्पूर्ण जनताले एक मुख गरेर सार्थ बाहलाई नै राजा घोषणा गरे राजा भएपछि थँबहि ( ठमेल ) मा करुणामयको प्रतिमा प्रतिष्ठापित गराई बिहार विस्तार गराए । विशालचोकबीच कलात्मक पेगोडाशैलीको तीनतले हिल वर्तमानमा बौद्ध अध्ययनको केन्द्रको रूपमा रहेको छ । बरिपरि दुइतले वादली , वरण्डा , धातुयुक्त तोरण टायल रातिको वहिलमा ने.सं. ८०४ , ९ २४ , १०५८ का अभिनेछन् । १६ शताब्दिमा निर्माण भएको मानिने रहस्यात्मक गुप्तदेवताको मतसँग सम्बन्धित आँगन चोकको मन्दिरको टुँडालमा कुमारी र भैरवका कलात्मक कृति कुदिएका छन् । चोकसीच स्वयम्भू रहेको छ , विहारको मुख्य पर्व फागुन पूर्णिमामा पर्दछ। काठमाडौँ उपत्यकाको दक्षिणि भेगमा अवस्थित प्राचीन बस्ती बुंगमतीमा प्रत्यक बर्ष  कार्तिक महिनाको नवमी, दशमी र एकादशीका दिन  मनाइने मनकामना जात्रामा हिग्र्व भैरव ( आजु ) मनकामना ( अजि ) र वायुपंखी घोडामा सवार सिंह सार्थ बाहुको जात्रा हुने गर्दछ भने , फागु पुर्णिमाको अर्को दिन सिंह सार्थ बाहुलाइ खतमा राखी भित्रि सहरको थने ( माथिल्लो ) कोने ( तल्लो ) सहर परिक्रमा गराउने प्रचन रहेको छ ।

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal