आज :

अक्रमणकारी जोगाउँदै जनमत पार्टीका नेता महेश यादव, दलित परिवार न्ययका लागि कठमाडौं

  • अनलाइन डबली

काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आईतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंको संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा दलित संगठनलेसमेत सो कुराको दाबि गरेका छन् ।

पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादबको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समुहले आक्रमण गरेर आफूसहित छ जनाको परिवारलाई गम्भिर घाईते बनाएको बताएका छन् । टाउकोमा १४ टाँका लगाएर पत्रकार सम्मेलनमा उपस्थित भएका पासवानले प्रश्न गरे,“हामी दलितको कोखबाट जन्मनु अपराध हो सरकार, हामी गरिब र होचा निमुखाको कहिल्यै दिन आउँदैन ।” अक्रमण भएलगत्तै प्रहरीकहाँ पुग्दा पनि उसले कुनै प्रतिक्रिया नदिएको बताउँदै ९ दिनसम्म जाहेरी नलिएको र उल्टै आफूरुलाई फसाउन जनमत पार्टी नेता महेस यादब लागेको पासवानले आरोप लगाए । पासवानले न्यायका लागि काठमाडौं पुगेर हल्ला गरे थप आक्रमण गर्ने धम्कि आउन थालेको पत्रकार सम्मेलनमा बताए ।

आक्रमण गरेर उल्टै अफूहरुलाई नै जाहेरी दिएर फसाउने योजना बनाएकोले न्यायका निम्ति काठमाडौं आएको बताउँदै भने,“प्रहरी,सिडियोदेखि सबै यादब समुहको मुद्धा लिन्छन् तर हामी पीडितको कुरो सुन्दैनन्, अनि के गर्ने ?” एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले सप्तरीमा दलित पासवान परिवार माथि सांघातिक आक्रमण गर्ने यादव समुहमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन् । संयोजक नेपालीले घरेलु हातहातियार प्रयोग गरेर घाईते पीडितहरु प्रहरीकहाँ जाँदा उजुरी नलिनु पनि घोर पराध भएको जिकिर गर्दै भने,“सिडियो साब र प्रहरी प्रमुख ज्यूहरु तपाईहरु पीडकको पक्षमा कि पीडितको पक्षमा हो ।”

संयोजक नेपालीले जनतमत पार्टी मात्रै नभएर ठूला भनिएका पार्टीहरुले पनि दलित समुदायमाथि अन्याय गरेको आरोप लगाउँदै प्रश्न गरे,“के नेपाली काँग्रेस जन्मजात अपराधीको संरक्षक हो, के एमाले बलत्कारी र हत्याराको अभिभवक हो, के माओवादी सत्तामा रहेर अपराधी संरक्षण गर्ने ठेकेदार हो ?” निरन्तर दलित समुदयमाथि अन्याय हुँदा सबै चुप लागेर न्याय नदिनु ठूलो अपराध भएको नेपालीको जिकिर छ । जिल्ला प्रहरी प्रमुख, सिडियो जागीर जोगाउनको लागि पीडकको पछि लाग्नु भन्दा खाडी, यूरोप,अमेरीका जान सुझाव समेत नेपालीले दिए ।

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छटुन्जेलले पीडित पासवान परिवारलाई यादव समुहले घरेलु हातहतियारको प्रयोग गरि सांघातिक आक्रमण गरि गम्भिर घाईते बनाईको बताए । कानुनी राज भनिएको देशमा दलितमाथि अझै पनि पासविक व्यवहार भएको आरोप लगाउँदै भने,“९ दिनसम्म पनि प्रहरी प्रशासनले उजुरी लिदैन, बरु पावर र पहुँचको बलमा ‘होचाको मुखमा घोचो’ भने जस्तैः उल्टै पीडितलाई नै फसाउने षड्यन्त्र भएको छ, के यो देशमा कानुन छ त ?”

नेपाल राष्ट्रिय दलित केन्द्रका महासचिव राजकुमार पासमानले जनमत पार्टी मधेश प्रदेशको संसदिय दलको नेता महेस यादवको दबाबमा ९ दिनदेखि जाहेरी दर्ता गर्न नदिएको आरोप लगाउँदै भने,“महेश जीको पावरमा उल्टै घाईतेहरुलाई फसाउन आक्रमणकारीहरुले जाहेरी दर्ता गरेकोप्रति आक्रोष व्यक्त गरे ।” पासमानले पीडित परिवारका ६ जना मध्ये ४ जना गम्भिर घाईते भएको र उनिहरुको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको व्यवस्था पनि नभएको बताए ।

मधेशमा नेता यादबको दबदबाहट भएकोले पीडितले न्याय नपाउने निश्चित भएकोले केन्द्र सरकारले हस्तक्षेप गरेर पीडकलाई हदैसम्मको कारबाही गर्न माग गर्दै पासमानले भने,“दलित र गरिबको पक्षमा लड्ने प्रचण्ड सरकारले पीडितको सुरक्षा, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्नुपर्छ ।”

संयुक्त दलित अधिकार मञ्च–नेपालका कार्यबहाक संयोजक सुजन साहशंकरले जात व्यवस्थाको आवरणमा निरन्तर नेपाली समाजमाजमा घटना घटिरहेको बताउँदै भने,“जबसम्म समाजमा जात व्यवस्था रहिरहन्छ तबसम्म दलित समुदायले पीडा खेपिरहनु पर्छ, जुन दुर्भाग्य हो ।” उक्त पत्रकार सम्मेलनमा जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले पीडितमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै पीडकलाई हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

के हो सप्तरीमा भएको पासमान परिवारमाथिको घटना ?

सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थानबाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हातहतियार प्रयोग गरेर अक्रमण गरेको थियो ।

करिब २० वर्षदेखि सो ठाउँमा बस्दै आएको पासवान परिवारलाई हरि सुदन यादव रोशन यादव, निरज यादव, राम यादव, विवेक यादव, ऋषि यादव, रोहित यादव लगायत ११/१२ जनाको समुहले खुकुरी, लाठी, चिरपट, हँसिया, फलामका रड लगायत घरेलु हतियार सहित आई घरमा बसिरहेका प्रितम पास्मान,मुसनी देवी पासमान, रञ्जित पासवान,सरिता देवि पासमान, रितु पासमान,राखि पासमान, लगायतलाई एक्कासि अन्धाधुन्ध ज्यानै लिनेगरि कुटपिट गरि घरसमेत भत्काइएको थियो । सो लगत्तै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यलय सप्तरी पुगेका पासमान परिवारको ९ दिनसम्म उजुरी लिएको छैन ।
सो ६ जना परिवार मध्यै ४ जनाको अवस्था गम्भिर रहेको र उनिहरुको उपचारका लागि राजविराज लगिएको बताईको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal