काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा हेर्न नमिल्ने भएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा आज आइतबार पेसी तोकिएको मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।
अमेरिका र वेस्टइन्डिजमा हुने टी २०को लागि नेपालि टोलि अन्तिम सुची सार्वोजनिक भै सकेको अबस्थामा किर्केट प्रेमी दर्शकले भने छिटो न्याय दिएर दोसी भए कारवाही र निर्दोष भए विश्व कप खेल्न दिनु पर्ने आवाजा सामाजिक संजालमा देखिएको छ।
यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ।
क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।
उच्च अदालतले सन्दीपको मुद्दामा चाडो फैसला दिए अझैपनि विश्वकप खेल्ने मौका अझैपनि जिवितै छ यसका लागी सन्दिपलाइ निर्दोष भएको फैसला दिनु पर्ने हुन्छ।