काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सवारी अनुमति पत्र लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका बताउनु भएको छ । मन्त्री महासेठले हिजाे बिहिबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा लाइसेन्स वितरणलाई चुस्त र प्रभावकारी बनाउने काम भइरहेको जानकारी दिनु बह्य्हेको हो ।
झन्डै दुइ बर्ष देखि १६ लाख नागरिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा रहँदा सरकारले दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी गरेको छ ।
यसअघि विभिन्न कारणले लाइसेन्स छपाइ बन्द भएकोमा झन्डै एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेको उहाँले बताउनु भयो । लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीव्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताउनुभयो ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नहुदा भौचर बिलाकै भरमा नागरिकले सवारी चलाउन बाध्य छ । सवारी चालकको प्रष्ट पहिचान खुल्न नसक्ने भौचर बिलका कारण ट्राफिक प्रहरीको काम कारवाही मात्र हैन सवारी लिएर सडकमा हिड्ने नागरिकमा समेत जोखम बढाएको छ ।
लाइसेन्सका लागि दुई वर्षअघि परीक्षा पास गरेका तथा नवीकरणका लागि आवेदन दिएकाको मात्र अहिले छपाइ हुने गरेको छ ।