आज :

डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घरगोठ जले

  • अनलाइन डबली

काठमाडौं । वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पु¥याएको र आगो निभाउनेक्रममा दुई जना घाइते भएपछि उनीहरुको उपचार भइरहेको डिएसपी शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो । डढेलो भने आइतबार विहानसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठूलो क्षति गरेको छ । रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो । त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal