
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिएको समय सीमा आज अन्तिम दिन । नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले विश्वासको मत गुमाएका थिए ।
शाहले विश्वासको मत गुमाएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
शाहले राजिनामा दिएसँगै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकारको लागि आज साँझ ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।
गठबन्धन दलमा मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई दिने सहमति भइसकेको छ । तर, नाउको आन्तरिक किचलोका कारण मुख्यमन्त्री कसलाई बनाउने भन्ने कुनै टुंगो लागेको छैन ।
पार्टी अध्यक्ष रञ्जित श्रेष्ठले कैलाश चौधरी र संरक्षक रहेका रेशम लाल चौधरीले लक्ष्मणकिशोर चौधरी र घनश्याम चौधरीमध्ये एउटालाई मुख्यमन्त्री बनाउन खोेजेका छन् ।
नाउपाकी अध्यक्ष आज धनगढी जाने तयारीमा छन् । उनी उता पुगेपछि कैलाशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने र निर्धारित समयभित्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा दाबी गर्ने तयारी भइरहेको छ ।
नाउपाभित्र ठूलो आन्तरिक घटना नभए कैशाल चौधरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।