काठमाडौँ। नेवार जातिको छाता संगठन नेवा : देदबूले बागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आयोजना गरेको शान्तिपूर्ण विरोधको क्रममा घाइते भएकालाइ उपचार तथा पक्राउ गरिएकालाइ रिहा गर्न मागरेको छ। गत चैत २४ गते प्रहरी संगको झडपमा परि पक्राउ परेकालाइ प्रहरिले हालसम्म पनि रिहा नगरे पछी आज दबुले बिज्ञप्ति निकालेर यस्तो माग गरेको हो।
दबुले निकालेको बिज्ञप्तिमा भनिएको छ , ‘ राष्ट्रिय मुक्तिकार्न्ति अभियान र नेवा: राष्ट्रिय परिषद्को आयोजनामा गत चैत्र २४ गते काठमाडौँको भद्रकाली क्षेत्रमा प्रर्दशन गरिएको शान्तिपूर्ण विरोध कार्येक्रममा सांस्कृतिक बाजा सहित आदिवासी समुदायका प्रर्दशनकारीमाथि गरिएको दमन र ज्यादतीको घटना प्रति नेवार समुदायको राष्ट्रिय संगठन नेवा: देदबु भर्शना गर्दछ।
जनसमुदायको मागलाइ सरकारले वार्ता र संवादको माध्यामबात उचित समाधान खोज्नु नै लोकतान्त्रिक पद्दति हो। साथै घाइतेहरुको उपचार र गिरफ्तार परेकाहरुको बिनाशर्त येथासिघ्र रिहाइको माग समेत गर्दछ। ’
बागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले भद्रकालीमा गरेको प्रदर्शन काक्रममा प्रहरी संगको झडपमा आन्दोलनकारी तर्फ ३० जना र प्रहरी तर्फ ५ जना घाइते भएको थियो।
बिज्ञप्ति –


अनलाइन डबली


