Skip
आज :

कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन, कहाँ अड्कियो हलो ?

  • अनलाइन डबली

काठमाडौं । कर्णाली सरकारको मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई चैत २७ गते साँझ ५ः५० बजे भित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान गरेका थिए ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेको अन्तिम दिनसम्म पनि गठबन्धन दलहरुबीच सहमति जुटेको छैन । सरकारको नेतृत्व पाएको एमालेले दलहरुबीच पावर सेयरिङको सहमति जुटाउन सकेको छैन ।

आज पनि दुबै दलका नेताहरु र कामचलाउ मुख्यमन्त्री राजकुमार शर्मा र नयाँ मुख्यमन्त्रीका उम्मेदवार यामलाल कँडेलबीच छलफल हुने बताइएको छ ।

एमालेकै कारण अन्तिम दिनसम्म पुग्दा पनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । मुख्यमन्त्री छोडेपछि माओवादी केन्द्रले अर्थ मन्त्रालय र सभामुख आफ्नो हुनुपर्ने अडान राख्दै आएको छ । तर एमाले त्यसमा तयार नभएपछि सहमति जुट्न नसकेको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal