Skip
आज :

लुम्बिनीमा महरा मुख्यमन्त्री नियुक्ति, सुदूरपश्चिम प्रदेशमा के गर्दैछन् दलहरु ?

  • अनलाइन डबली

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । बहुमत जुटाएर मुख्यमन्त्रीको लागि दाबी गरेपछि प्रदेश प्रमुख अमिक शेरचननले शनिबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

महरालाई नेकपा एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन गरेका छन् ।

आज सार्वजनिक बिदा भएकोले आइतबारमात्रै पद तथा गोपनियताको शपथ खुवाउने  प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उता सुदूरपश्चिममा मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत जुटाउन नसकेपछि राजिनामा दिएका  थिए । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २०८१/०१/०२ गते आइतबार बेलुका ५:०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई आह्वान गरेका हुन् ।

कमलबहादुर शाहले मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका थिए ।

नयाँ सरकारको लागि गठबन्धन दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सुदूरपश्चिम प्रदेशको नेतृत्व कसले पाउने भन्नेबारे पनि दलहरुबीच कुनै सहमति भइसकेको छैन ।

गठबन्धनमा आए नागरिक उन्मुक्ति पार्टीलाई पनि दिन शिर्ष नेताहरु तयार भएका छन् । नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal