आज :

सामजिक सेवामा जुटदै पत्रकार सिग्देल

  • अनलाइन डबली

नेपाली पत्रकारितामा पत्रकारीतासँगै सामाजिक सेवामा उदाहरणीय काम गर्दे आउनुभएको निकै चर्चित नाम हो प्रकाश सिग्देल । राजतन्त्रात्मक शासन कालबाट पत्रकारिताको अभ्यास सुरु गरेका पत्रकार प्रकाश सिग्देलले करिव दुई दशकको अवधिमा पत्रकारिता क्षेत्रमा धेरै नै प्रशंसनीय कार्य गर्दे आउनुभएको छ । स्याङ्जास्थायी घर भएका सिग्देलले वि.स २०६२÷६३ सालदेखी चितवनमा रहेको नेपालकै पहिलो स्थानीय टेलिभिजन बेसो टेलिभिजन बाट पत्रकारिता सुरु गर्नुभएको हो । यो अवधिसम्म आईपुग्दा उहाँले बेलायत, मलेसिया, थाईलेन्ड, सिङ्गापुर,अजरबैजान , दुवई , भारत लगायतका विभिन्न देशमा पुगेरसमेत उत्कृष्ट राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय समसामयीक विषयहरुमा रिपोर्टिङ गरिसक्नुभएको छ ।
साथै उहाँले राष्ट्रियस्तरमा एभिन्युज टिभि, न्युज २४ टिभि, ग्यालेक्सी टिभि, रातोपाटि अनलाइन, लगायत मुकुन्द सेन टेलिभिजन समाचार प्रमुख, सफल खवर डट कमको सम्पादक, बेसो टेलिभिजनलगायतमा सफल पत्रकारका कार्य गरिसक्नुभएको छ । पत्रकारिता को जग बाटै उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछानेको सचिवालयमा समेत रहेर उत्कृष्ट काम गरेका उनी निकै उर्जावान र रचनात्मक पत्रकारकारुपमा आम जनतामाझ परिचित छन् ।
उत्कृष्ट कार्यसम्पादन गरेका सिग्देल पत्रकारिता संगै सामाजिक क्षेत्रमा सरिक छन् । उनले नेपाल जर्नि नामक सामाजिक संस्था नै खोलेर साना साना बालबालिकाको शिक्षा र स्वास्थ्यमा महत्त्वपूर्ण काम गरेका छन् । पत्रकारितामा खोजमूलक समाचारहरु संकलन गर्ने क्रममा ग्रामिण क्षेत्रका विकट ठाँउहरुमा देखिएका समस्याहरु समाधान स्वरुप उनले स्थानीयस्तरमा महिला तथा बालबालिकाको लागि विभिन्न सेवा प्रदान गर्दे आएका हुन् ।
नेपाल जर्नि अमेरिकाको सहयोगमा २०७४ सालमा नेपालमा स्थापित नेपाल जर्नि पुस्तकालयमार्फत उनले चितवनको भरतपुर महानगर २ क्षेत्रपुरमा रहेको रामेस्वर पुस्तकालयमा १० वटा कम्प्युटर सहयोग उपलब्ध गराउनुभएको थियो । यसैगरी उहाँले चितवनको बिकट पहाडी बस्ति कान्दाका बालबालिकालाई बस्तीमै पुगेर शैक्षिक सामग्री र विद्यालय पोशाक प्रदान गर्नुभएको थियो ।
नेपाल जर्नि संस्था मार्फत सामाजिक सेवाको अभियान सुरु गरेका सिग्देलले हाल सम्म ४ जिल्लामा ६ वटा आधुनिक पुस्तकालय निर्माण गर्नुभएको छ भने सिग्देल नेतृत्वको संस्थाले स्याङ्जा तनहु, गोरखा र चितवनका विभिन्न विकट ठाउँहरुमा निशुल्क स्वास्थ सिबिर समेत सन्चालन गरि हजारौ मानिसलाई स्वास्थ उपचार सेवा प्रदान गरिरहेको छ । साथै उहाँले चितवनको कान्दा हालको कालिका वडा न १४ मा च्याउ खाएर एकै परिवारका ५ जनाको मृत्यु भएको परिवारका ६ जना अभिभावक बिहिन बाल बालिका लाई स्थानीय विद्यालयमा अभिभावकत्व ग्रहण गरी निशुल्क पढने व्यवस्था मिलाइदिनु भएको छ ।
त्यस लगतै २०७४ सालमै मकवानपुर जिल्लाको हेटौडा उपमहानगर पालिकामा रहेको चिल्ड्रेन पार्कमा ६० लाखको लागतमा नेपालकै नमुना नेपाल जर्नि बिद्युतिय पुस्तकालय निर्माण गरेको सिग्देलले बताए । पुस्तकालय हाल नेपाल सरकारको नमुना पुस्तकालयको रुपमा रहेको छ । २५ कम्प्युटर र ५ हजार बढि पुस्तक रहेको यो पुस्तकालय नेपालकै नमुना बनेको सिग्देलको दावी छ ।
त्यस्तै स्याङ्जाको हरिनास गाउपालिका ललहिको श्रि जनजाग्रिति आधारभुत बिद्यालय मा पनि सानासाना बालबालिकाका लागि आधार मानेर खेल्दै पढ्न र सिक्नका लागि कम्प्युटरमा प्रोजेक्टर सहितको पुस्तकालय निर्माण गरेको उनले बताए । २०७४ सालमा करिव ७ लाखमा निर्माण गरिएको पुस्तकालय गाउपालिकाकै उत्कृष्ट पुस्तकालयका रुपमा गाउपालिकाले संरक्षण गरेको छ । पुस्तकालय निर्माण भएपछि बिद्यालयमा बिद्यार्थीको संख्या समेत बढेको छ । त्यस्तै संस्थाले नवलपुरको देवचुलि नगरपालिका दलदले मुडाबासमा २०७८ सालमा १० लाख लागतमा नमुना पुस्तकालय निर्माण गरेको उनले बताए ।
सिग्देलकाअनुसार, अहिले भरतपुर महानगरपालिका ४ लंकु वसपार्कमा अमेरिकाको नेपाल जर्नि र नेपाली सहयोगि दाताको सहयोगमा भन्डै ६ करोडको लागतमा निर्माण भईरहेको लिफ्ट सहितको अपांग मैत्रि पुस्तकालय नेपालकै पहिलो नमुना पुस्तकालयकोरुपमा निर्माण निर्माण भइरहेको छ ।
पत्रकार प्रकाश सिग्देलको नेतृत्वमा स्थापीत संस्थाले देशभित्र धेरै नै सामजिक विकास र प्रविधिमैत्री कार्यहरु गरेर समाजमा उदाहरणीय छाप छोडन सफल भएको छ । संस्थाले शैक्षिक क्षेत्रमा समेत महत्वपूर्णै योगदान पु¥याएको छ । बाबु आमा बिहिन बाल बालिका लाई चितवनको एस आो एस बाल ग्राम संग सहकार्य गरि निसुल्क रुपमा आवासिय रुपमा पठन पाठन समेत गराई रहेको छ । पत्रकारिता बाटै उदाएका सिग्देलले पत्रकारिताकै क्रमामा आधा दर्जन बढि देश पुगेर समाचार संकलन समेत गरि सकेका छन् भने सामाजिक सेवाका क्रममा निरन्तर लागि रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal