काठमाण्डौ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले बिहिबार सूचना निकालेर नेपालीपन नभएका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको हो ।
शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाण्डौ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएअनुसार नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नुपर्ने प्रावधानए रहेको छ ।
निजि बिद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई महानगरपालिका अन्तर्गतको शिक्षा विभागले अनुरोध गरेको छ ।